२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीको बेगखोलामा एक घर बगायो

२ आश्विन २०७३, आईतवार १३:४७

असोज २, बेनी (म्याग्दी) । शनिबार रातिको वर्षाले उत्तरी म्याग्दीको बेगखोला–६ मा एउटा घर बगाएको छ । नदी कटानले जोखिममा परेको स्थानीय नन्दप्रसाद भट्टचनको कच्ची घर बगाएको हो । कटानले तीन घर उच्च जोखिममा परेका छन् । 

प्रहरीले दिएको जानकारीअनुसार कुमारी गर्बुजा, सुनमायाँ सिङ्जाली र झिल्के श्रेष्ठका घर जोखिममा छन् । 

बेनी–जोमसोम जोड्ने अस्थायी मार्गलाई समेत ठाडोखोलाले जोखिममा पारेको छ । बाढी र नदी कटानले पारेको जोखिमको अवलोकन गर्न प्रजिअ केशवराज आचार्य, प्रहरी नायब उपरीक्षक विश्वराज खड्कासहितको टोली घटनास्थलमा पुगेको छ । 

बाढीले विद्युत्को पोलमा समेत असर गरेपछि त्यसलाई मर्मत गर्न प्राधिकरणको टोलीसमेत बेगखोला गएको बाढी पीडित व्यवस्थापन समितिले जनाएको छ । साँझपख लगातार फेरि वर्षा हुँदा खोलाको सतह घट्न सकेको छैन । 

आवतजावतका लागि बनाइएको संरचनामा समेत क्षति पुगेपछि उत्तरी क्षेत्रका बासिन्दा जोखिमपूर्ण तरिकाले खोला वारपार गरिरहेका छन् । 

यसैबीच, बेगखोला–१, बेग र लिस्ने गाउँमा पहिरो गएपछि २७ घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएपनि दीर्घकालीन पुनःस्थापनाको पहल गर्न स्थानीयले माग गरेका छन् । सिङ्गो वस्ती नै धाँजा फाट्दै तल सरेको र गाउँको मुनिबाट पहिरो जान थालेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल