असोज ३, भक्तपुर । भक्तपुरमा दुई हजार १४२ जना बालबालिका उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । 

जिल्ला बाल कल्याण समिति भक्तपुरले आइतबार यहाँ आयोजना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३, भक्तपुर । भक्तपुरमा दुई हजार १४२ जना बालबालिका उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । 

जिल्ला बाल कल्याण समिति भक्तपुरले आइतबार यहाँ आयोजना"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

बालबालिका उच्च जोखिममा, उद्धारमा कठिनाइ

३ आश्विन २०७३, सोमबार ०३:४७

असोज ३, भक्तपुर । भक्तपुरमा दुई हजार १४२ जना बालबालिका उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । 

जिल्ला बाल कल्याण समिति भक्तपुरले आइतबार यहाँ आयोजना गरेको भक्तपुरलाई बालश्रम शोषण मुक्त जिल्ला बनाउने पञ्चवर्षीय योजनाको समीक्षा कार्यक्रममा यस्तो तथ्य सार्वजनिक गरिएको हो । 

जिल्ला बाल कल्याण समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले भक्तपुरमा जोखिममा रहेका बालबालिकाको पुनःस्थापना र एवम् पारिवारिक मिलन कार्य चुनौतीपुर्ण भएको बताउनुभयो । 

जोखिममा रहेका बालबालिकाको पहिचान भइसक्दा पनि बालबालिकाको संरक्षण गर्ने निकायको अभावमा उनीहरुको उद्धार गर्न नसकिएको बताउँदै उहाँले कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संस्थालाई जिम्मेवारी लिन आग्रह गर्नु भयो । 

कार्यक्रममा केन्द्रीय बाल कल्याण समितिका अध्यक्ष दिल्लीप्रसाद गिरीले सरकारी निकायका उच्च पदस्थ कर्मचारी कै घरमा समेत निकृष्ट बालश्रम प्रयोग भइरहेको पाइनु दुःखद् भएको चर्चा गर्नुभयो । उहाँले बालश्रम प्रयोग गर्ने व्यक्ति, घर वा संस्था कुनै पनि निकायलाई अब कारबाहीको दायरामा ल्याइने बताउँदै त्यस्ता जोसुकै व्यक्ति भए पनि अब उनीहरुलाई जेल हाल्न समिति सक्रिय हुने बताउनुभयो । 

महिला विकास कार्यालय भक्तपुरकी प्रमुख नीला घिमिरेले घरमा काम गर्ने, भूकम्पमा घर तथा परिवार गुमाएका, आफन्त नभएर अरुको आश्रय लिनुपरेका, विभिन्न उद्योग तथा कलकारखाना र यातायातका साधनमा काम गर्ने जोखिममा रहेका बालबालिकाको उद्धार गर्नु अति आवश्यक रहेको धारणा राख्नु भयो । 

कार्यक्रममा सहभागीले आव ०७४÷०७५ भित्र भक्तपुरलाई बालश्रम शोषणमुक्त जिल्ला बनाउन सबैले प्रतिबद्ध भएर हातेमालो गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह