१९ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

राजमार्गमा फोहर फाल्नेलाई कारबाही गर्दै नगरपालिका

५ माघ २०७९, बिहीबार ०८:५४

माघ ५, धुलिखेल | नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने बिपी राजमार्गमा फोहर फाल्ने सवारीसाधन तथा यात्रुलाई कारबाही गर्ने भएको छ । 

नेपाल प्रहरीसँगको सहकार्यमा नगरपालिकाले बिपी राजमार्ग प्रयोगकर्तालाई फोहरजन्य सामग्री फाले कारबाही गर्ने निर्णयसहित सचेत गराएको हो । 

सो राजमार्ग भएर यात्रा गर्ने सवारी साधनले जथाभावी फोहरजन्य सामग्री फाल्न थालेपछि नगरपालिकाको बजार व्यवस्थापन कार्यविधि, २०७८ र फोहरमैला व्यवस्थापन ऐन, २०६८ अनुरुप सो निर्णय गरेको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिनुभयो । उहाँका अनुसार पालिका स्वयंले राजमार्ग सरसफाइ अभियानसमेत सञ्चालन गरिरहेको छ । 


तत्कालन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच सार्वजनिक सवारीका साधनबाट उत्पन्न हुने फोहरमैला नियन्त्रण तथा व्यवस्थापन गर्ने विषयमा समझदारी भएको थियो । जसअनुसार यात्राका क्रममा प्रयोग गर्ने पानीका बोतल, खानेकुराका अवशेष, प्लास्टिकका झोला आदि फोहरमैलाजन्य वस्तु झ्यालबाट फ्याँक्ने गरिएकामा त्यस्ता कार्य रोक्ने कार्यविधि बनाएको छ ।

अटेर गरी यस्ता क्रियाकलाप गर्ने सवारी चालक तथा यात्रुलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम कारबाही गरिने उक्त समझदारीमा उल्लेख छ । नगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी सवारी चालक र यात्रुलाई फोहर नफाल्न अनुरोध गर्दै चेतनामूलक स्टिकरसमेत टाँसेको थियो । 

नगरप्रमुख लामासहित उपप्रमुख रत्नबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, वडा नं ६ का अध्यक्ष टीकाबहादुर केसी, वडा नं ७ का अध्यक्ष धर्म सिं लामा, वडा नं ४ का अध्यक्ष अर्जुन कार्की, युवा परिषद्का कार्यकारी अधिकृत रामेश्वर अधिकारी, वातावरण अधिकृत सन्तोष काफ्ल, पालिकाका कर्मचारी, प्रहरीचौकी भकुण्डेबेंसीका इञ्चार्ज प्रहरी नायब निरीक्षक इन्द्रबहादुर राउत लगायतले चेतनामूलक स्टिकर टाँस गर्दै नियम पालन गर्न आग्रह गर्नुभएको थियो । नियम पालना गरे÷नगरेको निगरानी गरी नगरेको पाइएमा कारबाही गर्ने नगरपालिका प्रशासनले जनाएको छ । राजमार्ग सरसफाइका लागि नगरपालिकाले यसअघि पनि साताव्यापी कार्यक्रम गरेर सरसफाइ अभियान सञ्चालन गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलंकीमा बिजुलीको पोलमा आगलागी  अमेरिकाबाट डिपोर्ट भएका भुटानी शरणार्थी नेपाल छिर्दै, चारजना नियन्त्रणमा तीनकुने प्रदर्शनमा मृत्यु भएका सविनको पोस्टमार्टम गरियो, आजै अन्त्येष्टि गुजरातमा पटाका कारखानामा विस्फोट, १० जनाको मृत्यु दीपक बोहोराको निधन राप्रपा र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति : लिङदेन बिमस्टेकमा भाग लिन प्रधानमन्त्री थाइल्याण्ड प्रस्थान यूएईले ६६ नेपाली बन्दीलाई दियो आम माफी, सरकारद्वारा कृतज्ञता व्यक्त दुर्गा प्रसाईंलाई माधव नेपालले भने– गाउँको हुल्लडबाज सुनसरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा पुरुषको मृत्यु, महिला घाइते क्वालालम्पुर नजिक ग्यासको पाइप पड्किँदा भीषण आगो लाग्यो प्रहरीको गोली लागेर घाइते रेविकाको न्यायका लागि विद्यार्थीको प्रदर्शन भारतमा दुई मालवाहक रेल आपसमा ठोक्किँदा दुई चालकको मृत्यु चुडामणि चापागाईं बने नेप्सेको सीइओ निलम्बन फुकुवाको मागसहित दोस्रो पटक सभामुखकहाँ पुगेका रविलाई सभामुखले के भने? थाइल्यान्ड भ्रमण टोलीमा छन् प्रधानमन्त्री ओलीसहित यी १९ सदस्य गुडिरहेको जिपबाट खसेर गाडी धनीको मृत्यु, चालक पक्राउ सुनको मुल्य इतिहासकै उच्च, तोलाकाे कतिमा हुँदैछ कारोबार? राप्रपा सांसद दीपक बोहराको निधन रवि लामिछानेको निलम्बन फुकुवाको माग गर्दै रास्वपा नेता सभामुखको कार्यालयमा आजदेखि १८ घण्टा विमानस्थल चल्ने, अब रातको १२ बजेसम्म मात्र उडान हुने