२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

तीन महिलाको हत्यामा संलग्न दोषी पत्ता लगाउन गृहमन्त्रालयलाई पत्राचार

२०७९, ७ माघ शनिबार ०३:३५

माघ ७, खोटाङ | राष्ट्रिय महिला आयोगले खोटाङका तीन महिलाको विभत्स हत्यामा संलग्न दोषी पत्ता लगाउनका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको छ । आयोगले जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ सोभेकी ३७ वर्षीय देबी बिक, खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्माको विभिन्न मितिमा हत्या गर्नमा संलग्न दोषी पत्ता लगाउनका लागि मन्त्रालयलाई पत्रमार्फत अनुरोध गरेको हो ।

तीन महिलाको हत्या भएको पाँच वर्ष बित्दा समेत दोषी गुमनाम भएको पाइएकाले दोषी पत्ता लगाउन गृह–मन्त्रालयलाई पत्राचार गरिएको राष्ट्रिय महिला आयोगका कार्यबाहक अध्यक्ष कृष्णकुमारी पौडेल खतिवडाले बताइन् । पत्रमा घटनाको सम्वन्धमा यथाशिघ्र छानविन समिति गठन गर्न लगाएर दोषी पत्ता लगाउन भनिएको छ । 

जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित माईती पुगेर २०७४ साउन ४ गते घर फर्कनेक्रममा सम्पर्क विहिन बनेकी देबी दोश्रो दिन २०७४ साउन ५ गते जन्तेढुंगा गाउँपालिका–३ काहुलेको छिमावास्थित नेप्टे जंगलमा विभत्स हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । यस्तै, रिता २०७३ माघ २६ गते र ज्ञानीमायाँ २०७४ जेठ १६ गते विभत्स अवस्थामा मृत फेला परेकी थिइन् । 

तीन महिलाको विभत्स हत्याको घटनालाई गुपचुप राखी नियतवस नै छानविन र अनुसन्धान समेत नगरेको दावी गर्दै राष्ट्रिय महिला आयोगले सो सम्वन्धमा यथाशिघ्र छानविन समिति गठन गर्न लगाएर दोषी पत्ता लगाउन पहल गर्न अनुरोध गरिएको जनाएको छ । गत पुस २७ गते राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानव अधिकार आयोगले खोटाङमा संयुक्त रुपमा आयोजना गरेको सिड सम्वन्धी छलफल कार्यक्रममा सहभागी हुने क्रममा आयोगका कार्यबाहक अध्यक्ष पौडेल खतिवडा र प्रमुख महिला विकास अधिकृत सीता अधिकारीले तीन महिलाको हत्यामा संलग्न दोषी पत्ता नलागेको विषयमा जानकारी पाएकी थिइन् । 

कार्यक्रममा सहभागीले महिलाको हत्यारामा पत्ता नलागेको विषयमा आवाज उठाएपछि कार्यबाहक अध्यक्ष पौडेल खतिवडाले ‘खोटाङमा तीन जना निर्मला पन्त’ मारिएको जानकारी मिलेको भन्दै दोषी पत्ता लगाउन गृह–मन्त्रालयलाई पत्र पठाउने प्रतिवद्धता जनाएकी थिइन् । आयोगकी उप–सचिव चमिला भट्टराईले लेखेको पत्र जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय खोटाङलाई बोधार्थ पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै