२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

जनकपुरका दुई युवकको अपहरण गरी भारतमा हत्या !

२०७९, ८ माघ आईतवार ०८:२०

माघ ८, जनकपुर | जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ र १३ का दुई युवकको सीमावर्ती भारतीय गाउँमा हत्या भएको छ । अनुसन्धानका क्रममा भारत पुगेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दिपक रायका अनुसार दुवै युवकको शव खाल्टो खनेर गाडेको अवस्थामा सीतामढी जिल्लाको बेला थाना अन्तर्गतको पर्सा गाउँमा आइतबार बिहान फेला परेको हो ।


जिल्ला प्रहरी कार्यालय धनुषाको सूचनाको आधारमा मृतकका परिवारका सदस्यहरु आइतबार बिहान घटनास्थल पुगेका थिए । रायका अनुसार शव जनकपुरका २२ वर्षीय रोहित साह तथा २३ वर्षीय विष्णु साहकै रहेको परिवारका सदस्यले पहिचान गरेका छन् । पोष्टमार्टमपछि बेलुकासम्म शव परिवारका सदस्यहरुलाई बुझाइने छ ।

रोहित र विष्णु छिमेकी अनि मिल्ने साथी थिए । पछिल्लो बुधबार (पुस २७ गते) दुवै जना रोहितको मामाघर परिहार जानका लागि घरबाट निस्केका थिए । परिहार सीतामढी जिल्लाको बेला थाना अन्तर्गतकै गाउँ हो । तर मामाघर पुग्नुअघि नै अज्ञात समूहले उनीहरुलाई अपहरण गरेको हुन सक्ने प्रहरीको दाबी छ । डिएसपी रायका अनुसार दुवै जनालाई केही दिनअघि नै हत्या गरेको देखिन्छ । घटना हेर्दा डोरीले घाँटी थिचेर उनीहरुको हत्या गरेको जस्तो देखिने रायले बताए ।

आफन्तको घरबाट अपहरणमा परेर सम्पर्कविहिन भएका बेला भारतीय मोबाइल नम्बरबाट फिरौंतीको लागि फोन आएको थियो । तर फिरौंती लिनुअघि नै उनीहरुको हत्या भएको छ । अपहरणकारीले उनीहरुको परिवारजनसँग सुरुमा ५० लाख मागेको थियो भने पछि फिरौंती रकम २० लाख मागेका थिए । अपहरणकारीहरुले बिष्णुको आवाज रेकर्ड गरेर उनको परिवारलाई पठाएको थियो ।

विष्णुका पारिवारिक सदस्यहरुका अनुसार अपहरणकारीहरुले फिरौतीको रकम लिएर सर्लाहीको मलंगवा नाकामा बोलाएका थिए । तर, एकाएक अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि विष्णुको परिवारमा तनाव बढेको थियो । आइतबार बिहान भेटिएको शव सनाखतका लागि भारतीय प्रहरीले मृतकका परिवारलाई खबर गरेको थियो । मृतक दुबै जनाको शव अहिले भारतको बेला परिहारस्थित स्थित प्रहरी कार्यालयमा राखिएको छ ।

घटना अनुसन्धानको क्रममा नेपाल र भारतका संयुक्त प्रहरी टोलीले सम्भावित स्थानहरुमा छापा मारेका थिए । पीडित परिवारका सदस्यहरुलाई गरेको फोन नम्बरको आधारमा नेपालका दुई तथा भारतका तीन जना नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै