२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

रौतहटमा शिक्षा अधिकारीहरू स्थानिय दवाबका कारण टिक्दैन

१९ मंसिर २०७२, शनिबार १२:३०

rautahat news

अभिमनु पटेल । १९ मंसिर, रौतहट । रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाले आयोजना
गरेको आज गौर न.पा का स्थित जुध्द उच्च माध्यमिक विधालयको सभा कक्षमा मधेश आन्दोलनबाट शिक्षामा परेका
नकारात्मक प्रभाव वारे अन्तरक्रिया कार्यक्रम क्लबका अध्यक्ष अभिमनु पटेलको अध्यक्षातामा सम्पन्न भएको छ

कार्यक्रममा प्रमुख अथिति जि.शि.अ.हेमन्त कुमार सिंहले बोल्दै
जिल्लामा शिक्षा अधिकारीलाई काम गराउनका लागि दवाब दिएका कारण टिक्दैन । मधेशमा आन्दोलन जारी रहे पनि
विभिन्न किसिमका मातहतबाट विधार्थीहरूलाई हामी शिक्षा हासिल गराउदै आईरहेका छौ । विहानै कक्षा सल्चालन
गर्न धेरै अप्ठयारो भइरहेका छन मधेशी मोर्चाले विधालयलाई १० देखि ४ बजे सम्म गर्दिनको लागि अनुरोध गरेका
हो । शिक्षा क्षेत्रमा गरेका राम्रो राम्रो कामलाई जनता सँग पुर्याउन वाहेक खराब खराब सुचना प्रवाह
गरिएको हो साथै शिक्षा क्षेत्रमा विगतको कमी कमजोरीलाई ध्यानमा राखेर सत्य तथ्य सुचना सम्प्रेशन
गर्दिनका लागि अनुरोध गरिएका थिए ।

त्यस्तै शिक्षक फोरम नेपालका
जिल्ला अध्यक्ष कामेश्वर यादवले बोल्दै मधेश प्रति सरकारीको नितीबाट मधेशी विधार्थीको भविष्य सँग खेलवाड
गरीरहेका छन । वालमन्दिर नि.मा.वि.को प्र.अ.गणेश यादव मन्तव्य राख्दै मधेशी र मधेशी विधार्थीको साथमा
सौतेला व्यवहार गर्दै रहेको छ यो सरकारले यो देशको विधार्थी भोलिको हुने भविष्य सँग लापरवाही दर्गै छन

त्यस्तै आफ्नो मन्तव्य राख्दै जुध्द उच्च माध्यमिक विधालयको
प्र.अ.बैधनाथ साहले शिक्षा नै देशको विकास हो आफ्नो मधेश लाई हामी आफै बनाउन पर्छ । विधार्थीहरूका
भविष्य प्रति सरकारका ध्यान आकर्षण हुनु पर्यो र मोर्चाले पनि मधेशी विधार्थीहरूको भविष्य तिर सोच्नु
पर्छ ।

विधार्थी फोरम नेपाल जिल्ला अध्यक्ष प्रकाश भाई बोल्दै
मधेश आन्दोलन से शिक्षा क्षेत्रमा धेरै नकारात्मक असर परेका छन त्यस प्रति खेद प्रक्ट गर्दै नेपाल सरकार
लाई दोषी बताउनु भयो विधार्थीहरूका लागि सहुलियत विधालय संचालन गर्ने समय परिवर्तन गर्न हामी छलफल गर्छु
बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष
जयप्रकाश यादवले अरुलाई सुधार्नु अगाडि जिल्ला शिक्षा कार्यालयमा भईरहेको कमजोरी प्रति कार्यालय
प्रमुखले ध्यान दिनुपर्ने र विद्धमान अवस्थामा शिक्षा कार्यालयबाट गरिएका सबै गतिविधिहरुको समय समयमा
संचारमाध्यमहरुमा ल्याउने पर्नेमा जोड दिनु भएको हो ।

सो
कार्यक्रममा उपस्थित गण्देशवर सिंह, रविन्द्र नाथ गोपाली, दिनेश कुशवाहा , अशिस कु.बैध, त्रिलोकी ठाकुर
लगायतका व्यक्तहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव