२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मुडिकुवामा जमिन भासिएर १५ घर जोखिममा

३ आश्विन २०७३, सोमबार ०८:०६

असोज ३, पर्वत । जिल्लाको मुडिकुवा–५ मा जमिन भासिँदा झन्डै १५ घर जोखिममा परेका छन् । अविरल वर्षाका कारण जमिन भासिँदा मुडिकुवा गाविसको माटेदेबल मन्दिर नजिकका करिब १५ घर जोखिममा परेको स्थानीयवासीले बताएका हुन् । 

“मन्दिरनजिक ठूल्ठूला खाल्डा परेका छन्,” स्थानीय पुजारी शिव पुरीले भन्नुभयो–“जमिनमा परेका खाल्डाका कारण मन्दिरसहित नजिकका करिब १५ वटा घर जोखिममा परेका छन् ।” जमिन भासिने क्रम नरोकिए मन्दिर नजिकका घर विस्थापित बन्ने अवस्था आउने स्थानीयवासी देवीप्रसाद विलासीले बताउनुभयो । विलासीका अनुसार जमिन भासिँदा निकै ठूला खाल्डा परेका छन् । 

खाल्डामुनिबाट पानी बग्दै जाँदा जमिनको अन्य सतह पनि भासिन सक्ने अनुमान स्थानीयवासीले गरेका छन् । गाविसको ऐतिहासिक मन्दिरका रुपमा रहेको माटेदेबल मन्दिर परिसरमा मात्र दुईवटा ठूला खाल्डा परेका छन् । “जमिन भासिनेक्रम रोकिएको छैन,” पुरीले भन्नुभयो – “खाल्डो निकै ठूलो भएका कारण त्यसले जमिनमुनि कतिसम्म असर गरेको छ यकिन गर्न कठिन छ । जमिन भासिँदै जाँदा कृषकले लगाइराखेको धान खेत पनि जमिनमुनि गड्न थालेको छ ।” 

ऐतिहासिक मन्दिर संरक्षणको प्रयास स्थानीयवासीबाट भइरहे पनि जमिन भासिने क्रम नरोकिएपछि संरक्षण अभियानसमेत समस्या परेको स्थानीयवासी विलासीले बताउनुभयो । “गाविसको इतिहाससँग जोडिएको मन्दिरको व्यवस्थापनमा जमिन भासिँदा समस्या परिरहेको छ,” विलासी भन्नुभयो – “यसले मन्दिरवरिपरि रहेका घर पनि जोखिममा परेका छन् ।” 

जमिनको भित्री सतहमा धेरै पानी भएका कारण जमिन गलेर भासिएको हुनसक्ने स्थानीयवासी विष्णुप्रसाद तिवारी बताउनुहुन्छ । 

यसैबीच, पर्वतको भुकदेउरालीमा जमिन फाट्दा त्यहाँका पाँच परिवारसमेत विस्थापित भएका छन् । भुकदेउराली गाविसको भुकताङलेको जमिन भाँसिदा स्थानीय पाँच परिवार त्यहाँबाट विस्थापित भएको स्थानीय डिलबहादुर गुरुङले जानकारी दिनुभयो । विस्थापित भने सुरक्षित स्थानमा बास बसिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बुधबार वर्षासँगै खसेको पहिरोले उनीहरु विस्थापित हुनपुगेका हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…