२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मुडिकुवामा जमिन भासिएर १५ घर जोखिममा

२०७३, ३ आश्विन सोमबार ०८:०६

असोज ३, पर्वत । जिल्लाको मुडिकुवा–५ मा जमिन भासिँदा झन्डै १५ घर जोखिममा परेका छन् । अविरल वर्षाका कारण जमिन भासिँदा मुडिकुवा गाविसको माटेदेबल मन्दिर नजिकका करिब १५ घर जोखिममा परेको स्थानीयवासीले बताएका हुन् । 

“मन्दिरनजिक ठूल्ठूला खाल्डा परेका छन्,” स्थानीय पुजारी शिव पुरीले भन्नुभयो–“जमिनमा परेका खाल्डाका कारण मन्दिरसहित नजिकका करिब १५ वटा घर जोखिममा परेका छन् ।” जमिन भासिने क्रम नरोकिए मन्दिर नजिकका घर विस्थापित बन्ने अवस्था आउने स्थानीयवासी देवीप्रसाद विलासीले बताउनुभयो । विलासीका अनुसार जमिन भासिँदा निकै ठूला खाल्डा परेका छन् । 

खाल्डामुनिबाट पानी बग्दै जाँदा जमिनको अन्य सतह पनि भासिन सक्ने अनुमान स्थानीयवासीले गरेका छन् । गाविसको ऐतिहासिक मन्दिरका रुपमा रहेको माटेदेबल मन्दिर परिसरमा मात्र दुईवटा ठूला खाल्डा परेका छन् । “जमिन भासिनेक्रम रोकिएको छैन,” पुरीले भन्नुभयो – “खाल्डो निकै ठूलो भएका कारण त्यसले जमिनमुनि कतिसम्म असर गरेको छ यकिन गर्न कठिन छ । जमिन भासिँदै जाँदा कृषकले लगाइराखेको धान खेत पनि जमिनमुनि गड्न थालेको छ ।” 

ऐतिहासिक मन्दिर संरक्षणको प्रयास स्थानीयवासीबाट भइरहे पनि जमिन भासिने क्रम नरोकिएपछि संरक्षण अभियानसमेत समस्या परेको स्थानीयवासी विलासीले बताउनुभयो । “गाविसको इतिहाससँग जोडिएको मन्दिरको व्यवस्थापनमा जमिन भासिँदा समस्या परिरहेको छ,” विलासी भन्नुभयो – “यसले मन्दिरवरिपरि रहेका घर पनि जोखिममा परेका छन् ।” 

जमिनको भित्री सतहमा धेरै पानी भएका कारण जमिन गलेर भासिएको हुनसक्ने स्थानीयवासी विष्णुप्रसाद तिवारी बताउनुहुन्छ । 

यसैबीच, पर्वतको भुकदेउरालीमा जमिन फाट्दा त्यहाँका पाँच परिवारसमेत विस्थापित भएका छन् । भुकदेउराली गाविसको भुकताङलेको जमिन भाँसिदा स्थानीय पाँच परिवार त्यहाँबाट विस्थापित भएको स्थानीय डिलबहादुर गुरुङले जानकारी दिनुभयो । विस्थापित भने सुरक्षित स्थानमा बास बसिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बुधबार वर्षासँगै खसेको पहिरोले उनीहरु विस्थापित हुनपुगेका हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै