११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महोत्तरीमा तीर्थालु चढेको ट्र्याक्टर पल्टिँदा १ को मृत्यु, २८ जना घाइते

१२ माघ २०७९, बिहीबार ११:४३

माघ १२, काठमाडौँ | महोत्तरीको बर्दिवास-३ स्थित पाटु मोडमा अनियन्त्रित भएर ट्र्याक्टर पल्टिँदा १ को मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था जटिल रहेको छ ।


सिन्धुलीस्थित लंगुर खोलाबाट तीर्थालु बोकेर आएको प्रदेश २-०२-००१ त.२२६४ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा धनुषा औरहीकी ३५ वर्षीय अमेरिकादेवी मण्डलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रवि रावलले जानकारी दिए । उनका अनुसार ट्रयाक्टरमा सवार सबै यात्रु धनुषास्थित औरही नगरपालिकाका हुन् ।

दुर्घटनामा कुमारी मण्डल, जुलेवी मण्डल, चन्द्रकुमारी मण्डल, रेम्नी देवी, नयनकुमारी मण्डल, पवनदेवी मण्डल, सिकिलिया मण्डल, सीताकुमारी मण्डल, सुकुमरिया देवी, देवु मण्डल, कुसुम मण्डल, कलादेवी मण्डल, सुमित्रा देवी ठाकुर, चन्द्रा देवी मण्डललगायत घाइते भएका छन् ।

गम्भीर घाइतेलाई काठमाडौं रेफर गरिएको डीएसपी रावलले बताए । अन्य घाइतेलाई जनकपुरस्थित रामजानकी अस्पताल, चन्द्रकला अस्पताल, बर्दिबासस्थित जनसेवा, शुभस्वस्तिक र बर्दिबास अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु