४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जीवित शिशुलाई मृत घोषणा गर्ने डाक्टर ‘निर्दोष’

१३ माघ २०७९, शुक्रबार ११:१३

माघ १३, विराटनगर | कोशी अस्पतालका डाक्टरले जीवित शिशुलाई मृत घोषणा गरेको घटनाको विषयमा छानबिन गर्न गठित समितिले अस्पताल र चिकित्सकले लापरबाही नगरेको प्रतिवेदन पेश गरेको छ । 

समितिले उक्त प्रतिवेदन अस्पताल प्रशासनलाई बिहीबार बुझाएको छ । जीवित शिशुलाई मृत्यु भएको बताएपछि आफन्त, चिकित्सक र अस्पतालबीच एक साता अगाडि तनाव उत्पन्न भएको थियो ।


उक्त तनावपछि अस्पताल प्रशासनले सोही अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झाको संयोजकत्वमा, डा. सूर्यकान्त चौधरी र अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालसहितको छानबिन समिति गठन गरेको थियो । समितिले अस्पतालका मेसु डा. लक्ष्मीनारायण यादवलाई प्रतिवेदन बुझाएको हो । 

समितिले बुझाएको प्रतिवेदनमा चिकित्सक र स्वास्थ्यकर्मीहरु गम्भीर दोषी नरहेको निष्कर्ष रहेको छ । यससँगै उपचारमा संलग्न चिकित्सक आकाश यादव र पारामेकिकल अफिसर टीका अधिकारी र लक्ष्मण माझीको लापरबाही नदेखिएकाले कामकाजमा खटिने अस्पतालका सूचना अधिकारी नेपालले बताए ।

‘शिशुलाई इमरजेन्सी वार्डमा देखाउँदा अक्सिजनको लेभल एकदमै न्यून रहेका कारण बच्चीको मुटुको चाल अन्त्यता कमजोर भएको उपचार संलग्न चिकित्सकले भनेको रहेछन् । चिकित्सकले बच्चाको चाल नभएको बताएपछि आफन्तले तत्कालै दाहसंस्कारका लागि घर लगेका रहेछन् । चिकित्सकले बच्चाको मृत्यु भयो भनेर भनेका रहेनछन्, यो कुरा शिशुका बुबाले पनि स्वीकार गरिसकेका छन् । अत्तालिएका आफन्तले बच्चा मरेको ठानेर तत्काल लिएर गएछन्,’ छानबिन प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदन बनाउँदा पीडित, चिकित्सक र स्वास्थ्यकर्मीलगायत  सबै पक्षको भनाइ समटिएको छ । शिशुका बुबाले चिकित्सकको केही दोष नभएको पनि बताएको छानबिन समितिमा सदस्य तथा अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले बताए । 

चिकित्सकले बच्चाको चाल नभएको भनेपछि उनीहरूले दाहसंस्कार गर्ने उद्देश्यका साथ घर पु¥याएका थिए । घर पुगेको पाँच मिनेटपछि शिशुको पेट चल्न थालेको र लगत्तै गोल्डेन अस्पताल लगिएको प्रतिवेदनमा उल्लेख छ ।

तर, एक सातापछि मंगलबार बिहान साढे १० बजे शिशुको मृत्यु भएको थियो । मृत्युपछि उपचार खर्च बुझाएर आफन्तले सद्गदसमेत गरिसकेका छन् ।

शिशुमा सेतो तथा रातो रगतको कमी, निमोनिया, मिर्गौलाले काम नगरेको तथा इन्फेक्सन बढेकोलगायतका समस्या देखिएको थियो । आगामी दिनमा भने चिकित्सकले सचेत भई गम्भीर रूपमा काम गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा समेटिएको छ । 

श्वास प्रश्वासमा समस्या भएपछि मोरङको जहदा गाउँपालिका–३ भातिगन्जकी खुसी मुखियालाई जीवितै रहेको अवस्थामा अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. आकाश यादवसहित अस्पतालका पारामेडिकल अफिसर टीका अधिकारी र लक्ष्मण माझीले एक हप्ता अगाडि (गत बिहीबार बिहान) मृत घोषणा गरेको आरोप लागेको थियो  । जीवित शिशुलाई मृत घोषणा गरेर गम्भीर लापरबाही गरेको भन्दै आफन्तले उपचारमा संलग्न चिकित्सकमाथि हातपातसमेत गरेका थिए । घटनालगत्तै डा. प्रवीण झाको संयोजकत्वमा तीन सदस्य समिति गठन भएको थियो । 

सो समितिले जीवित शिशुलाई मृत घोषणा गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई प्रतिवेदन नआउन्जेलसम्मका लागि काम–काजमा रोक लगाएको थियो । अस्पतालका पारामेडिकल अफिसर टीका अधिकारी र लक्ष्मण माझी तथा चिकित्सक आकाश यादवलाई २४ घण्टे स्पष्टीकरण माग गर्दै काममा रोक लगाइएको थियो ।

प्रतिवेदन बुझेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवले बताए । मन्त्रालयले प्रतिवेदन हेरेपछि दिने निर्देशनअनुसार अगाडि बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ