२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

६ जना थुनुवा भागेको घटनामा असईसहित ३ प्रहरी निलम्बित

२०७९, १७ माघ मंगलवार ०६:३६

माघ १७, धनुषा | धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट थुनुवा भागेको घटनामा ३ जना प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी सहायक निरीक्षक (असई) अशोक कुमार मण्डल सहित ३ जनालाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीप क्षेत्रीले बताए ।

माघ १५ मा राति हिरासतबाट ६ जना थुनुवा भागेका थिए । सो रात डिउटीमा खटिएका असई मण्डल, वरिष्ठ हवलदार सरोज रेग्मी र जवान रोहन मगरलाई निलम्बन गरेको डिएसपी क्षेत्रीले जानकारी दिए । वरिष्ठ हवलदार र जवानलाई जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको हो । असईलाई मधेस प्रदेश प्रहरी कार्यालयले निलम्बन गरेको हो ।

इलाका प्रहरी कार्यालयका २६ जना प्रहरीलाई जिल्लामा झिकाइएको छ । इलाका इन्चार्ज बेचन यादवलाई पनि जिम्मेवारीबाट हटाउने तयारी छ । हिरासतबाट भागेका मध्ये मिथिला नगरपालिका–६ का रोशन महतोलाई पुन:  पक्राउ गरिएको छ । ५ जनाको खोजी भइरहेको डिएसपी क्षेत्रीले बताए । प्रहरीले उनीहरूलाई हातहतियार तथा खरखजना मुद्दामा म्याद लिएर हिरासतमा राखेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै