२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापा र धादिङमा सवारी दुर्घटना : २ जनाको मृत्यु, ६ जना घाइते

२०७९, २० माघ शुक्रबार ०६:३२

माघ २०, काठमाडौँ | झापा र धादिङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । झापाको शिवसताक्षी नगरपालिका १ कमलपुरमा शुक्रवार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना ६ ख ८८९५ नम्बरको ट्रकको पछाडि सोही दिशाबाट आउँदै गरेको फलामको रड बोकेको  ना ५ ख ८३११ नम्बरको ट्रकले ठक्कर दिएको थियो । 


दुर्घटनामा ८३११ नम्बरका ट्रक चालक सुनसरीको राम धुनी नगरपालिका ७ का ४५ वर्षीय मदन चौधरी र नाम थर र ठेगाना नखुलेका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको हो ।  गम्भीर घाइते भएका उनीहरूलाई दमक अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेको हो । शुक्रवार बिहान साढे ५ बजे भएको सवारी दुर्घटनामा संलग्न दुबै सवारी र अर्का ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

यता, धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा शुक्रवार बिहान बस पल्टिँदा बसमा सवार ६ जना यात्रु घाइते भएका हुन् । घाइते भएका मध्य बर्दियाको बार बर्दिया नगरपालिका–५ बस्ने २० वर्षीय सुरज तिमल्सिना, नवलपरासीको कावासोती नगरपालिका–२ सरस्वती चोक बस्ने ४० बर्षीया लक्ष्मी पाण्डे र सल्यानको बुङकोट नगरपालिका ७ बस्ने २१ वर्षीय सुरज विश्वकर्माको अवस्था गम्भीर रहेको छ । 

गम्भीर घाइतेहरूलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ । बाँकी घाइतेको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ ।  उनीहरूको अवस्था भने सामान्य रहेको छ ।  नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ४०५ नम्बरको बस अनियन्त्रित भई शुक्रवार बिहान सवा ७ बजे सडकमै पल्टिएको इलाका प्रहरी कार्यालय बेनिघाटले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते