प्रेम सुनार/असोज ४, गुल्मी । विडम्वनाको कुरा गुल्मीको कृषि विकास काार्यालयका प्रमुख र सोही कायालका प्राविधिक सहायको १२ घण्टाको अन्तरालमा  अल्प आयु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/असोज ४, गुल्मी । विडम्वनाको कुरा गुल्मीको कृषि विकास काार्यालयका प्रमुख र सोही कायालका प्राविधिक सहायको १२ घण्टाको अन्तरालमा  अल्प आयु"/>

2026-07-05 03:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्यालय प्रमुख र सहायकको एकैसाथ अन्त्यष्टी

2016-09-20


प्रेम सुनार/असोज ४, गुल्मी । विडम्वनाको कुरा गुल्मीको कृषि विकास काार्यालयका प्रमुख र सोही कायालका प्राविधिक सहायको १२ घण्टाको अन्तरालमा  अल्प आयुमै मृत्यु भएको छ ।

सो कार्यालयका प्रमुख वरिष्ठ कृषी विकास अधिकृत ५१ बर्षिय चेतनारायण पाण्डेको आज विहान करिव ५ वजेको समयमा मृत्यु भएको हो भने सो कार्यालकै प्राविधिक सहायक ४७ वर्षिय दधिराम ज्ञावालीको हिजो दिउँसो करिव ४ वजेको समयमा मृत्यु भएको हो ।

कार्यालय प्रमुख पाण्डेको भरतपुरको मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको  र  प्राविधिक सहायक ज्ञावलीको काठमाण्डौंको डिएण्डी अस्पतालमा मृत्यु भएको सो कार्यालयका  सुचना अधिकृत रणबहादुर महोत्तोले जानकारी दिए ।

‘कार्यालय प्रमुखको शव  रिडीमा ल्याईदै छ । प्राविधिक सहायकको शव भर्खर ल्याईएको छ ’–उनले भने–‘ एकै साथ अन्त्यष्टी गर्ने विषयमा परिवार संग छलफल गरिदैछ  ।’  उनका अनुसार कार्यालय प्रमुख पाण्डेको  अँस्ती आईतवार ११ वजे तिर स्वास्थ्य अवस्था विग्रे पछि कार्यालय प्रमुख वुटवल अस्पतालमा भर्ना हुन पुगेका थिए । त्यहाँबाट भरतपुरको मेडिकल कलेजमा रिफर गरिएको थियो ।

 पाण्डेलाई मुटुको समस्या थियो । पछि निमुनिया समेत भएको थियो । स्वास्थ्य अवस्था विग्रे पनि पाण्डेले तिन दिन अघि सम्म कार्यालयमा हाँसी–खुशी र फुर्ति साथ काम गर्दै आएका थिए । एउटा संयोग यसै समाचारदाता संग  पाँच दिन अघि पाण्डेले रेसुङ्गा टेलिभिजनमा  अन्तरवार्ता दिएका थिए । जुन प्रशारण हुन बाँकी थियो । जसलाई रेसुङ्गा टेलिभिजनले आज दिनैभर एकादुई घण्टाको अन्तरमा प्रशारण गर्ने र युट्युवमा पनि राख्ने भएको छ ।

पाण्डेको घर अर्घाखाँचीको केरुङ्गा गाविस वडा नम्वर ४ मा  रहेको छ । उनि २३ वर्ष अघि सरकारी सेवामा प्रवेश गरेका थिए ।  उनि मुगु जिल्लाबाट २०७२ साल कार्तिक १  गते गुल्मीमा सरुवा भई आएका थिए ।

उनले छोटो कार्याकालमै कफी क्षेत्र विस्तार कार्यक्रम, मछ्यपालन  , तरकारी खेती र विउ उत्पादन क्षेत्र  विस्तारमा उल्लेखनिय भुमिका खेलेको सुचना अधिकृत महत्तोले बताए ।  ‘उहाँ विरामी परे पनि काममा निकै खट्दै आउनु भएको थियो  ,हाँसी खुशी यहाँबाट हिडनु भएका उहाँलाई आज यो अवस्थामा देख्दा हामी भावविहल भएका छौं, –‘ महोत्तोले भने –‘हामी सवै अहिले रिडीमा छौं । ’कार्यालय प्रमुख पाण्डेको केरुङ्गा स्थित श्रीमति दुई छोरी र एक छोरा रहेको बताईएको छ ।

प्राविधिक सहायक ज्ञावलीको मृत्यु रहस्यम

वलेटक्सार कृषि सेवा केन्द्र प्रमुखका रुपमा कार्यरत रहेका  प्राविधिक सहायक ज्ञवालीको मृत्यु रहस्यम देखिएको छ । उनि आईतवारकै दिन रुरु गाविसको गाउँ परिषद सम्पन्न गरी  वलेटक्सार तर्फ मोटर साईकलमा आउँदै थिए ।

उनलाई पानी ट्याङकी  स्थित प्रतिक्षालय नजिकैको नालीमा अचेत अवस्थामा फेला पारेर काठमाण्डौं पठाईएको थियो ।  मोटर साईकल साईड लगाएर  सुरक्षित स्थानमा राखिएको र उनि नालीमा अचेत अवस्थामा फेला परेकोले उनको मृत्यु रहस्यमय देखिएको कृषि विकास कार्यालयका प्राविधिक सहायक चेतनारायण पन्थीले बताए । 

दुर्घटना भएको भनौं भने उहाँको मोटर साईकल सुरक्षित स्थानमा राखिएको छ ’–उनले भने –‘पोष्टमार्टम गरिएको छ र प्रहरीको अनुसन्धानले खै भन्छ अहिले नै आफुहरुले  केहि भन्न सक्दैनौं । ’ उनको  पनि जागिर अवधी २३ वर्ष भएको बताईन्छ । 

उनको वास्तविक घर र वसाई गुल्मीको थानपति –७ मा रहे पनि यो समाचारदाताले सो कार्यालयको हाँजिरी रजिष्टर पल्टाएर हेर्दा घर ठेगना रुपन्देहीको सिन्टाहन –१  लेखिएको  छ ।  उनका दुई छोरा एक छोरी रहेको बताईएको छ ।  

तस्वीरः  कार्यालय प्रमुख चेतनारायण पाण्डेको नदि किनारमा खिचीएको र दधिराम ज्ञवालीको जुहाहरी कोटमा खिचिएको तस्वीर 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै