२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

जलजला क्याम्पस मप विश्वविद्यालयको आङ्गिक बनाइने

४ आश्विन २०७३, मंगलवार ०६:५२

असोज ४, रोल्पा । जलजला बहुमुखी क्याम्पस लिबाङ, रोल्पालाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउन अनुरोध गर्नका लागि सर्वदलीय बैठकले निर्णय गरेकोे छ । 

जिल्ला सदरमुकाममा रहेको क्याम्पस नाजुक अवस्थामा गुज्रिरहेको हुँदा शैक्षिक र आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले क्याम्पसलाई कुनै न कुनै विश्वविद्यालयको आङ्गिक बनाउनुपर्ने भएको क्याम्पस प्रमुख कृष्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो । 

उहाँका अनुसार क्याम्पसको अवस्था विद्यार्थीको सहुलियत, क्याम्पसको समग्र विकास र थप शैक्षिक अवसरको आवश्यकतालाई महसुस गर्दै क्याम्पसलाई आङ्गिक बनाउनका लागि आइतबार सर्वदलीय तथा सर्वपक्षीय बैठकको आयोजना गरिएकोे थियो । 

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त उक्त क्याम्पसमा २८१ जना छात्रछात्रा अध्ययनरत छन् । विसं २०६१ भदौमा औपचारिकरुपमा स्थापना गरिएको क्याम्पसमा हाल शिक्षाशास्त्र, मानविकी र व्यवस्थापन सङ्काय सञ्चालनमा रहेका छन् । 

सोह्रजना मात्र प्राध्यापकले तीनवटा सङ्कायलाई सञ्चालन गरिरहेको अवस्था छ जसमा पनि १२ जना मात्र पूर्णकालीन प्राध्यापक रहेकोे क्याम्पस प्रशासनले जनाएको छ । 

क्याम्पसको वार्षिक आय अन्दाजी रु ४० लाख भएपनि व्यय भने करिब रु ८० लाखको हाराहारीमा पुग्ने गरेको न्यौपानेले जानकारी दिनुभयो । विद्यार्थी शुल्कबाट करिब रु ३२ लाख र विश्वविद्यालय अनुदान रु एक लाख ४० हजारदेखि अधिकतम रु सात लाख ६० हजारसम्म प्राप्त हुने गरेको छ । 

यसरी आम्दानीभन्दा खर्च बढी हुने भएकाले क्याम्पस सञ्चालनमा हम्मेहम्मे परेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रेमप्रकाश हमालको भनाइ छ । 

भारतीय राजदूतावासको आर्थिक सहयोगमा निर्माणाधीन भवनको निर्माण कार्य २०६७ भदौ ५ गतेदेखि थालिएको थियो । यसरी २०६९ सालभित्र भवन निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरिनुपर्ने भएपनि हालसम्म हस्तान्तरण हुन नसक्दा थप समस्या निम्तिएको सरोकारवालाले बताएका छन् । 

निर्माणाधीन भवनमा पठनपाठन भने २०७० माघदेखि नै सुरु गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा