२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

माटोको भाँडा बनाउने पेसा सङ्कटमा

२०७३, ४ आश्विन मंगलवार ०८:३४

असोज ४, दाङ । यहाँका कुमाल समुदायको माटोको भाँडा बनाउने पेसा सङ्कटमा पर्न थालेको बताएका छन् । 

परम्परादेखि अपनाउँदै आएको माटोका भाँडा बनाउने पेसा आवश्यक कच्चा पदार्थ अभावका कारण सङ्कटमा परेको कुमाल गाउँ शान्ति उत्पादन समूहका अध्यक्ष प्रेमबहादुर कुमाल बताउनुहुन्छ । 

भाँडा निर्माण गर्न आवश्यक माटो, दाउरा, पराल, गुइँठालगायत कच्चा पदार्थको अभावका कारण माग अनुरुप भाँडाकुँडा बनाउन नसकिएको उहाँले बताउनुभयो । तुलसीपुर– १५ पर्सेनिमा बस्दै आएका ५२ कुमाल परिवारले माटोका भाँडा बनाउँदै आएका छन् । 

भाँडा बनाउनका लागि तुलसीपुर– १५ कालाखोलाको मटेराबाट माटो लिने गरेपनि सो स्थानमा प्रर्याप्त माटो पाउन छाडेको छ । “अब चाडपर्व सुरु भएका छन् बजारमा माटोका सामग्रीको माग छ, तर कच्चा पदार्थ नहुँदा पेसा सङ्कटमा छ,” उहाँले भन्नुभयो । 

दसँै तिहारका लागि कुमालले पाला, घोडा, कराइ, गमला, ठेकी, करुवा, हाडी बनाउने गरेका छन् । बजारमा माटोका भाँडाको माग अत्यधिक रहेको छ । तर कच्चा पदार्थ सहज रुपमा उपल्ब्ध नहँुदा समस्या भएको छ । 

एउटा करुवा रु ४०० र पाला रु २० मा बिक्री गर्दैआएको स्थानीय बदाउरी कुमालले बताउनुभयो । दसँैका लागि आवश्यक भाँडा बनाउन थालेपनि कच्चा पदार्थको अभाव भएको उहाँले बताउनुभयो । कुमाल गाउँ शान्ति उत्पादन समूहअन्तर्गत पेसालाई आधुनिकरण गर्नका लागि तालिम समेत दिइएको र सो तालिमले माटोका भाँडा उत्पादनमा सहज भएको अध्यक्ष कुमाल बताउनुहुन्छ । 

सो समूहलाई पेसा सुनिश्चिता तथा बजारीकरणका लागि गरिबी निवारण कोषअन्तर्गत जापानि सामाजिक विकास कोष कार्याक्रमले रु ६ लाख ३४ हजार लगानी गरेको हो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह