२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

चार्डपर्व नजिकिँदै, ग्रामीण सडक सुचारु नहुँदा समस्या

४ आश्विन २०७३, मंगलवार १०:४२

असोज ४, संखुवासभा ।  ग्रामीण क्षेत्रको भिरालो जमिनमा जथाभावि डोजर, जेसिभिको प्रयोगले बर्षातको समयमा बाढी पहिरोसँगै केही महिनासम्म ग्रामीण सडकहरु अवरुद्ध हुँदै आएका छन् । गत असार  र साउनको  वर्षातले अबरुद्ध भएका आधा दर्जन भन्दा बढि सडकहरु अहिलेसम्म सुचारु नहुँदा आवतजावतमा समस्या परेको छ।   जिल्लाको  बाह्रबिसे,धुपु लगायत गाविसका स्थानीयवासीलाई खाद्यान्नलगायतका सामग्री ढुवानीमा समस्या भएको छ । सदरमुकाम खादबारी देखि धुपु हुँदै बाह्रबिसे जोड्ने सडक वर्षातको कारण अवरुद्ध हुँदा स्थानीयवासी मारमा परेका हुन् भने चार्डपर्व नजिकिँदै गर्दा झनै समस्यामा परेको धुपुका स्थानीय राम श्रेष्ठले बताए ।

सडक अवरुद्ध हुँदा खादबारीमा पनि दैनिक उपभोग्य सामानको मूल्य बढेको छ । धुपु गाविसका मानिस करिब छ सात घन्टाभन्दा बढी समय लगाएर दैनिक उपभोग्य सामग्री पिँठ्युमा बोक्न बाध्य बनेको धुपुका स्थानीय ब्यापारीहरु बताउछन्।  गाविसको टोल–टोलमा सडक पु¥याउने उद्देश्यका साथ खनिएका विभिन्न सडक एकपटक एस्काभेटर लगाएर छोडेको कारण बढी हानी व्यहोर्नुपरेको स्थानीय देबेन्द्र  श्रेष्ठको भनाई छ । सडक विस्तार तथा स्तरोन्नतीका लागि बजेट विनियोजन भएपनि सार्वजनिक नगर्ने तथा ठेकेदारले आफुखुसी काम गरेकाले यस्तो समस्या आएको सरोकारवालाहरु बताउछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’