2026-06-20 08:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मन्त्रीलाई पोखरेली व्यवसायीको प्रश्नः कहिले हुन्छ अन्तरराष्ट्रिय उडान ?

फागुन ५, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग  पोखराका पर्यटन व्यवसायीले अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानलगायत पर्यटनका विविध विषयमा प्रश्न गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा मन्त्रीसँग पर्यटन विषय केन्द्रित अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले अन्तरराष्ट्रिय उडानका लागि सङ्घीय सरकारले किन पहल गर्न सकेको छैन? कहिलेदेखि  उडान सुरु हुन्छ ? जस्ता प्रश्न गरेका थिए । गत १ जनवरीमा उद्घाटन गरिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अहिलेसम्म पनि अन्तराष्ट्रिय उडान सुरु हुन सकेको छैन । 

मन्त्री किरातीले पोखराको सुन्दरताको वर्णन गर्दै अन्तराष्ट्रिय उडानका लागि आफूले पहल गरिरहेको जानकारी दिनुभयो । उहाँले पोखरा उत्कृष्ट गन्तव्य र पर्यटनको विश्वविद्यालय नै भएकाले यसको विकासमा आफूले निकै चासो दिएको बताउँदै अन्तराष्ट्रिय उडानका विषयमा आफूले प्रक्रिया बुझेर कार्य अघि बढाउने जानकारी दिनुभयो । मन्त्री किरातीले पर्यटन व्यवसायीका जिज्ञासा समाधान गर्न आफू सकारात्मक भएको जनाउँदै जिम्मेवारी र कर्तव्य बुझ्ने नेतृत्वको अभावमा यस्ता समस्या बग्रेल्ती देखिएकाले सुधारको आवश्यकता रहेको बताउनुभयो ।   

त्यसैगरी पर्यटन  व्यवसायीले नेपाल पर्यटन बोर्डको कार्यविधि नबनेकाले पर्यटन प्रवद्र्धनमा विनियोजित रकम खर्च हुन नसकेको विषयमा पनि प्रश्न उठाएकामा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले पर्यटन प्रवद्र्धनका लागि लागि बेर्ड सदस्यहरूबाट पूर्वाधार विकासका एजेन्डा प्रस्तुत हुन नसकेको गुनासो गर्नुभयो  । 

पर्यटन व्यवसायी गणेश भट्टराईले अन्तराष्ट्रिय विमानस्थल उद्घाटन गर्न हतारिएको तर आवश्यक गृहकार्य पूरा नभएको  बताउनुभयो  । उहाँले  अन्तराष्ट्रियले उडान हुन नसक्दा  धेरै प्रश्नहरु उठ्न थालेको जनाउँदै सङ्घीय सरकारलाई यथाशक्य पहल गर्न आग्रह गनुभयो ।  

नेपाल पर्यटन बोर्ड गण्डकी प्रमुख काशिराम भण्डारीले आफूलाई कार्यविधि नबनी रकम निकासा गर्ने अधिकार नभएकाले प्रवद्र्धनका लागि विनियोजित रकम खर्चगर्न  समस्या भएको बताउनुभयो । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले अन्तराष्ट्रिय विमानस्थल उद्घाटन भएसँगै उत्साहित भए पनि अन्तराष्ट्रिय उडान सुरु हुन नसक्दा निराश भएको बताउनुभयो । योसँगै सरकारको स्पष्ट पर्यटन नीति नहुनु र ठूलो लगानी भएको पर्यटन क्षेत्र वित्तीय संस्थाको चर्को ब्याजदर र दबाबले थप समस्या सिर्जना गरेको बताउनुभयो । 

राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले पर्यटन विकासका लागि अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो ।  उहाँले पर्यटक लक्षित गतिविधि र गन्तव्यका लागि नयाँ नयाँ सोच र  विकासको खोजी आवश्यक रहेको बताउनुभयो । 

पर्यटन परिषद्का संस्थापक अध्यक्ष अशोक पालिखे, पूर्वअध्यक्ष गोपिबहादुर भट्टराई, टान, हान, नाट्टा, टेसा, एगा, एनटिभिए, वोटेफ, मनी चेञ्जर, पोखरा उद्योग वाणिज्य सङ्घ, भिटोफ, नेपाल हवाई खेलकुद संस्थालगायत संस्थाका अध्यक्ष एवम् प्रतिनिधिले आ–आफ्नो क्षेत्रका विषयगत समस्या प्रस्तुत गर्नुुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ