महाशिवरात्रि पर्वको अवसरमा डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको बिहान ४ बजेदेखि नै भीड ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

महाशिवरात्रि पर्वको अवसरमा डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको बिहान ४ बजेदेखि नै भीड ला"/>

2026-06-20 03:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो

फागुन ६, भक्तपुर | सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज बिहान ४ बजेदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ ।

महाशिवरात्रि पर्वको अवसरमा डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको बिहान ४ बजेदेखि नै भीड लागेको डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका महासचिव हरिशरण बस्नेतले बताउनुभयो । मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि दर्शनका लागि मन्दिरको चारैवटा ढोका खुला गरिएको उहाँले जानकारी दिनुभयो । 


अरु दिन मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि आजको दिन भने दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर डोलेश्वरमा आफैँले पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको छ । महाशिवरात्रि पर्वमा सहज एवं छिटो दर्शन गर्ने व्यवस्था मिलाइनुका साथै सुरक्षाकर्मी र स्वयंसेवकको टोली परिचालन गरिएको छ । मन्दिरमा लाइन बसेको आधा घण्टाभित्र दर्शन गरिसक्ने गरी व्यवस्था मिलाइएको छ । गत वर्ष करिब ५० हजार दर्शनार्थी आएकोमा यस वर्ष एकलाख दर्शनार्थी आउने अनुमान गरिएको छ । 

महाशिवरात्रि पर्वका लागि भारतबाट तीन सयभन्दा बढी साधुसन्त आएको उहाँले जानकारी दिनुभयो । यहाँ आएका साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउने र फर्कने बेलामा भेटीको रुपमा यातायात खर्चको व्यवस्थासमेत गरिएको छ । 


दर्शनका लागि आएका भक्तजनलाई समेत प्रसादी एवं भोजनको व्यवस्था गरिएको छ । जगातीबाट डोलेश्वर जाने यातायातको साधन बिहानदेखि नै जाम भएपछि जगातीबाट डोलेश्वर र सूर्यविनायक चोकबाट डोलेश्वर जाने दुई सडकलाई एकातर्फी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ