४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा चट्याङ लागेर एकको मृत्यु, १० घाइते

४ आश्विन २०७३, मंगलवार १०:५९

असोज ४, दोलखा । आज दिउँसो करिब २ बजे चट्याङ लागेर यहाँ एक व्यक्तिको मृत्यु भएको छ । दोलखा जुँगुको च्यान डाँडा भन्ने स्थानमा छिमेकीको मलामी गएका स्थानीयवासी ३५ वर्षिय मान बहादुर कार्कीको चट्याङ लागेर घटनास्थल मै मृत्यु भएको हो । 

चट्याङमा परी अन्य १० जना घाइते भएका छन् । घाइते हुनेमा तुलबहादुर जिरेल, गणेश जिरेल, पदम जिरेल, टीका केसी, सोम बस्नेत, बद्री खड्का, रामकुमार जिरेल, दिलमायाँ जिरेल लगायतका छन् । 

तुलबहादुरको अवस्था गम्भीर रहेको स्थानीयवासीले बताएका छन् । 

घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय मैनापोखरी र इलाका प्रहरी कार्यालय जिरीबाट प्रहरी टोली गइसकेका छन् । 

घाइतेको उद्धारका लागि २ वटा बोलेरो गाडीसमेत घटनास्थल पठाइएको इप्रका जिरीका प्रहरी निरीक्षक राजेश कार्कीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ