२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

शङ्करपुरका बाढीपीडितको एक दशकदेखि जङ्गलमै बास

२०७३, ५ आश्विन बुधबार ०६:३३

असोज ५, कञ्चनपुर । पुनःस्थापनाको कार्य नहुँदा एक दशकदेखि कञ्चनपुरको शङ्करपुरका बाढीपीडित परिवार जङ्गलमै बस्न बाध्य भएका छन् ।

दोदा नदीको बाढीले विसं २०६५ देखि हालसम्म गरी शङ्कपुरका १६३ परिवारको २५० बिघा दर्ता जग्गा बगाई पूर्णरुपमा विस्थापित बनाई जङ्गलमा छाप्रो बनाएर बस्न बाध्य पारेको हो । स्थानीयवासीका अनुसार दोदा नदीले २०६५ सालमा शङ्करपुर गाविसको ७ नम्बर वडा नै बगाएको थियो । 

दोदा नदीले घरजग्गा बगाएपछि विस्थापित परिवार शोभातालको डाँडामा बस्दै आएका छन् । एक दशकदेखि जङ्गलमा बस्दै आए पनि पुनःस्थापनका लागि कुनै निकायले चासो नदिँदा कष्ट सहेर बस्नु परेको विश्राम रानाले बताउनुभयो । “दैनिक मजदुरी गरेर जीविका चलाउँदै आएका बाढीपीडित परिवारका बालबालिका आर्थिक अभावले विद्यालय जानसमेत सकेका छैनन्,” उहाँले भन्नुभयो । 

आर्थिक रुपमा सम्पन्न भएका बसाइँ सरेर अन्यत्र गए आर्थिक रुपमा विपन्न परिवार जङ्गलमै बस्दै आएको उहाँले बताउनुभयो । नदीले बायाँबाट दायाँतिर धार परिवर्तन गर्दै जाँदा उक्त जग्गमा बालुवाले पुर्दा काम नलाग्ने भएको शङ्करपुर–८ का बालकृष्ण डगौराले बताउनुभयो । यस वर्ष मात्रै चार दिनको दोदा नदीमा आएको बाढीले शङकरपुर–७ र ८ का स्थानीय बासिन्दाको दुई बिघा १० कट्ठा जमिन बगाएको गाविसका सचिव सुरेन्द्र चन्दले बताउनुभयो । 

जग्गा कटानी र बस्ती जोगाउनका लागि तटबन्ध निर्माणको कार्यलाई निरन्तर रुपमा अगाडि बढाउनु जरुरी रहेको उहाँको भनाइ छ । यहाँका स्थानीयवासीले स्थायी प्रकृतिको तटबन्ध निर्माणको कार्यलाई यथाशीघ्र अगाडि बढाइनुपर्ने माग गरेका छन् । “दोदाबाट शङ्करपुर–८ र ९ उच्च जोखिममा छन्”, काशिराम जोशीले भन्नुभयो, “जनताको तटबन्ध कार्यालयले रु १४ करोडको लागतमा दोदा नदीमा दुई हजार ६५५ मिटर तटबन्ध बनाएको छ, यसलाई अझै सबै क्षेत्रमा विस्तार गरिनुपर्छ”, उहाँले भन्नुभयो । 

कञ्चनपुरका आठ गाविस कृष्णपुर, देखतभुली, शङ्करपुर, श्रीपुर, वाइसेविचवा, कालिका, त्रिभुवनबस्ती तथा परासनमा दोदा नदीले बर्सेनि क्षति पु¥याउँदै आएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार जिल्लाभरिमा ३५० भन्दा बढी पीडित रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै