२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

शङ्करपुरका बाढीपीडितको एक दशकदेखि जङ्गलमै बास

५ आश्विन २०७३, बुधबार ०६:३३

असोज ५, कञ्चनपुर । पुनःस्थापनाको कार्य नहुँदा एक दशकदेखि कञ्चनपुरको शङ्करपुरका बाढीपीडित परिवार जङ्गलमै बस्न बाध्य भएका छन् ।

दोदा नदीको बाढीले विसं २०६५ देखि हालसम्म गरी शङ्कपुरका १६३ परिवारको २५० बिघा दर्ता जग्गा बगाई पूर्णरुपमा विस्थापित बनाई जङ्गलमा छाप्रो बनाएर बस्न बाध्य पारेको हो । स्थानीयवासीका अनुसार दोदा नदीले २०६५ सालमा शङ्करपुर गाविसको ७ नम्बर वडा नै बगाएको थियो । 

दोदा नदीले घरजग्गा बगाएपछि विस्थापित परिवार शोभातालको डाँडामा बस्दै आएका छन् । एक दशकदेखि जङ्गलमा बस्दै आए पनि पुनःस्थापनका लागि कुनै निकायले चासो नदिँदा कष्ट सहेर बस्नु परेको विश्राम रानाले बताउनुभयो । “दैनिक मजदुरी गरेर जीविका चलाउँदै आएका बाढीपीडित परिवारका बालबालिका आर्थिक अभावले विद्यालय जानसमेत सकेका छैनन्,” उहाँले भन्नुभयो । 

आर्थिक रुपमा सम्पन्न भएका बसाइँ सरेर अन्यत्र गए आर्थिक रुपमा विपन्न परिवार जङ्गलमै बस्दै आएको उहाँले बताउनुभयो । नदीले बायाँबाट दायाँतिर धार परिवर्तन गर्दै जाँदा उक्त जग्गमा बालुवाले पुर्दा काम नलाग्ने भएको शङ्करपुर–८ का बालकृष्ण डगौराले बताउनुभयो । यस वर्ष मात्रै चार दिनको दोदा नदीमा आएको बाढीले शङकरपुर–७ र ८ का स्थानीय बासिन्दाको दुई बिघा १० कट्ठा जमिन बगाएको गाविसका सचिव सुरेन्द्र चन्दले बताउनुभयो । 

जग्गा कटानी र बस्ती जोगाउनका लागि तटबन्ध निर्माणको कार्यलाई निरन्तर रुपमा अगाडि बढाउनु जरुरी रहेको उहाँको भनाइ छ । यहाँका स्थानीयवासीले स्थायी प्रकृतिको तटबन्ध निर्माणको कार्यलाई यथाशीघ्र अगाडि बढाइनुपर्ने माग गरेका छन् । “दोदाबाट शङ्करपुर–८ र ९ उच्च जोखिममा छन्”, काशिराम जोशीले भन्नुभयो, “जनताको तटबन्ध कार्यालयले रु १४ करोडको लागतमा दोदा नदीमा दुई हजार ६५५ मिटर तटबन्ध बनाएको छ, यसलाई अझै सबै क्षेत्रमा विस्तार गरिनुपर्छ”, उहाँले भन्नुभयो । 

कञ्चनपुरका आठ गाविस कृष्णपुर, देखतभुली, शङ्करपुर, श्रीपुर, वाइसेविचवा, कालिका, त्रिभुवनबस्ती तथा परासनमा दोदा नदीले बर्सेनि क्षति पु¥याउँदै आएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार जिल्लाभरिमा ३५० भन्दा बढी पीडित रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड