२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

विभिन्न शैक्षिक माग राख्दै नेक्राविसंघ जुम्लाद्धारा जिशिकामा ज्ञापन पत्र पेश

६ आश्विन २०७३, बिहीबार ०२:०९

नन्दराम जैशी | असोज ६, जुम्ला | नेपाल क्रान्तिकारी विद्यार्थी संघ जुम्लाले बुधबार विभिन्न शैक्षिक माग राख्दै जिल्ला शिक्षा कार्यालय जुम्लामा ज्ञापन पत्र बुझाएको छ । जुम्ला जिल्लामा विद्यामान शैक्षिक समस्याको समाधानमा जिल्ला शिक्षा कार्यालय नै उदासीन रहेको भन्दै नेपाल क्रान्तिकारी विद्यार्थी संघ जुम्लांले विभिन्न ११ बुँदे माग सहित ज्ञापन पत्र बुझाएको हो । आफुले उठाएका जायज मागहरु प्रति कार्यालय संवेदनशिल नदेखिएको भन्दै ध्यानाकर्षण गरिएको नेपाल क्रान्तिकारी विद्यार्थी संघ जुम्लाले जनाएको छ ।

नेपाल क्रान्तिकारी विद्यार्थी संघ जुम्लाका अध्यक्ष तथा केन्द्रीय सदस्य महेश नेपालीद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा नेपालको संविधान २०७२ मा निशुल्क र अनिवार्य शिक्षा हुने व्यवस्था भए अनुसार निशुल्क शिक्षा हुनु पर्ने उल्लेख गरिएको छ । सरकारी दरबन्दी र अनुदान पाएका सम्पुर्ण उच्च माविहरुको अध्ययन निशुल्क गरिनुु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । त्यस्तै कक्षा ११ का लागि रजिष्टेशन बापत तोकिएको भन्दा बढि शुल्क असुलेको, चारीत्रिक प्रमाण पत्र वापत चर्को शुल्क लिएको, सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पढाईने नाममा लिईदै आएको शुल्क फिर्ता गरिनु पर्ने माग गरिएको छ ।

विद्यालयहरुमा अविलम्भ सामाजिक परिक्षण गरिनु पर्ने, प्र.अ. मिलान प्रक्रिया तुरुन्त कार्यान्वयन गरिनु पर्ने र विद्यालयमा नजाने शिक्षकहरुलाई कारबाहि गरिनु पर्ने लगायातका मागहरु ज्ञापन पत्रमा उल्लेख गरिएको छ । उल्लेखित मागहरुको सम्बोधन नभए गर्न आग्रह गरिएको  छ ।

यदि मागहरु पुरा नभए आन्दोलन गर्न बाध्य हुने समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ । यता जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले जायज मागहरुको उचित सम्बोधन गर्न आफुहरु तयार भएको बताउनु भयो । उहाँले अधिकांस मागहरु कार्यालयसँग सम्बन्धित रहेको भन्दै जायज मागहरु सम्बन्धित समितिमा लैजाने बताउनु भएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले