७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

‘मास हिस्टेरिया’ प्रभावित छात्रालाई परामर्श

६ आश्विन २०७३, बिहीबार ०२:५७

असोज ६, खोटाङ । जिल्लाको उत्तरी गाविस हौंचुरस्थित शारदा माविका ‘मास हिस्टेरिया’ प्रभावित छात्रा र अभिभावकलाई मनोसामाजिक परामर्श प्रदान गरिएको छ । 

मास हिस्टेरियाका कारण विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएपछि राष्ट्रिय मानव अधिकार आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलले मंगलबार हौंचुर पुगेर प्रभावित छात्रा तथा उनीहरुका अभिभावकलाई मनोसामाजिक परामर्श प्रदान गरेको हो । 

गत असार दोस्रो सातादेखि छात्रामा देखिएको मास हिस्टेरिया नियन्त्रण हुनुको सट्टा बढ्दै गएपछि आयोगको अगुवाइमा स्थानीय स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी, प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति लगायतको टोलीले गाउँ–गाउँ डुलेर प्रभावित परिवारलाई भेट गरी परामर्शका काम गरेको छ । 

मनोसामाजिक परामर्श प्रदान गरेर प्रभावित छात्रा र अभिभावकको मनोबल बलियो बनाउँदै मास हिस्टेरिया न्यूनीकरणका लागि कार्यालयका प्रमुख दीपक घिमिरे र लोकनाथ घिमिरे हौंचुर पुग्नुभएको थियो । प्रभावित छात्रा र उनीहरुका अभिभावकलाई अलग–अलग राखेर छलफल तथा परामर्श प्रदान गरिएको आयोगले जनाएको छ । प्रभावित छात्रालाई परामर्शबाहेक विद्यालयमा ल्याएर मनोरञ्जनपूर्ण खेल खेलाउनुका साथै कक्षा लिइएको जनाइएको छ । 

कक्षा ६ माथिका छात्रामा बेहोस भएर ढल्ने, रुने, कराउने, जथाभावी दौडने, चिच्याउने लगायतका लक्षण देखिएपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ । छात्रामा मात्र देखिएको समस्या नियन्त्रण नभएपछि गत आइतबारदेखि शुक्रबारसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक रामकुमार बरुवालले बताउनुभयो । 

सुरुमा कक्षा १० मा अध्ययनरत दुई छात्रामा देखिएको समस्याले दैनिकजसो २२÷२३ जना छात्रा बिरामी पर्न थालेपछि अभिभावककै आग्रहमा विद्यालय बन्द गरिएको जनाइएको छ । यसअघि २०६०÷०६१ मा पनि सो विद्यालयका छात्रामै देखिएको मास हिस्टेरिया महिनादिनपछि आफैँ नियन्त्रण भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी