२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

‘मास हिस्टेरिया’ प्रभावित छात्रालाई परामर्श

२०७३, ६ आश्विन बिहीबार ०२:५७

असोज ६, खोटाङ । जिल्लाको उत्तरी गाविस हौंचुरस्थित शारदा माविका ‘मास हिस्टेरिया’ प्रभावित छात्रा र अभिभावकलाई मनोसामाजिक परामर्श प्रदान गरिएको छ । 

मास हिस्टेरियाका कारण विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएपछि राष्ट्रिय मानव अधिकार आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलले मंगलबार हौंचुर पुगेर प्रभावित छात्रा तथा उनीहरुका अभिभावकलाई मनोसामाजिक परामर्श प्रदान गरेको हो । 

गत असार दोस्रो सातादेखि छात्रामा देखिएको मास हिस्टेरिया नियन्त्रण हुनुको सट्टा बढ्दै गएपछि आयोगको अगुवाइमा स्थानीय स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी, प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति लगायतको टोलीले गाउँ–गाउँ डुलेर प्रभावित परिवारलाई भेट गरी परामर्शका काम गरेको छ । 

मनोसामाजिक परामर्श प्रदान गरेर प्रभावित छात्रा र अभिभावकको मनोबल बलियो बनाउँदै मास हिस्टेरिया न्यूनीकरणका लागि कार्यालयका प्रमुख दीपक घिमिरे र लोकनाथ घिमिरे हौंचुर पुग्नुभएको थियो । प्रभावित छात्रा र उनीहरुका अभिभावकलाई अलग–अलग राखेर छलफल तथा परामर्श प्रदान गरिएको आयोगले जनाएको छ । प्रभावित छात्रालाई परामर्शबाहेक विद्यालयमा ल्याएर मनोरञ्जनपूर्ण खेल खेलाउनुका साथै कक्षा लिइएको जनाइएको छ । 

कक्षा ६ माथिका छात्रामा बेहोस भएर ढल्ने, रुने, कराउने, जथाभावी दौडने, चिच्याउने लगायतका लक्षण देखिएपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ । छात्रामा मात्र देखिएको समस्या नियन्त्रण नभएपछि गत आइतबारदेखि शुक्रबारसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक रामकुमार बरुवालले बताउनुभयो । 

सुरुमा कक्षा १० मा अध्ययनरत दुई छात्रामा देखिएको समस्याले दैनिकजसो २२÷२३ जना छात्रा बिरामी पर्न थालेपछि अभिभावककै आग्रहमा विद्यालय बन्द गरिएको जनाइएको छ । यसअघि २०६०÷०६१ मा पनि सो विद्यालयका छात्रामै देखिएको मास हिस्टेरिया महिनादिनपछि आफैँ नियन्त्रण भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर