२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

विवरण पेस नगर्दा रेबिज भ्याक्सिन आएन

२०७३, ६ आश्विन बिहीबार ०३:००

असोज ६, जिल्ला स्वास्थ्य कार्यालयमा रेबिज विरुद्धको भ्याक्सिन नहुँदा दैनिक कुकुर तथा स्यालले टोकेका बिरामी आएपनि रित्तो हात फर्कने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटलाई क्षेत्रीय स्वास्थ्य निर्देशनालयले प्रगति विवरण पठाउन ताकेता गरेपनि स्वास्थ्य कार्यालयले पठाउन ढिला गरेको छ । अहिले जिल्ला स्वास्थ्य कार्यालयमा एउटा पनि रेबिजविरुद्ध लगाउने भ्याक्सिन नहुँदा बिरामी मर्कामा परेको खोपका फोकल व्यक्ति रामपुकार शाहले बताउनुभयो । 

जिल्लाका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा आवश्यक विद्युत्को अभावमा भ्याक्सिन सदरमुकाममा राख्ने गरिएका कारण सबै बिरामी सदरमुकाममा आउने गर्दछन् । त्यहाँ नै खोप नहुँदा दैनिक रित्तो हात फर्कने गरेको पाइएको छ । सक्ला–१ लैखमका धनबहादुर खत्रीलाई बहुलाएको कुकुरले टोकेपछि एक दिन हिँडेर सदरमुकाम आएपनि भ्याक्सिन नहुँदा रुकुमको चौरजहारीमा गएको बताउनुभयो । 

जिल्ला स्वास्थ्य कार्यालयले कहिले प्रगति विवरण पठाउने हो अनि कहिले भ्याक्सिन आउने हो अन्यौल भएको एक स्वास्थ्यकर्मीले बताउनुभयो । औषधिको स्टोर सम्हाल्दै आएका लमबहादुर खड्काले समेत प्रगति विवरण नपठाएका कारण समस्या भएको बताउनुभयो । 

यसभन्दा एक महिनाअघि सर्पदंशको औषधि लुकाएर बिरामी रुकुमको चौरजहारी अस्पतालमा जिल्ला स्वास्थ्य कार्यालयले नै रिफर गरेको थियो । यसको समाचार प्रकाशन भएपछि चौरजहारी अस्पताललाई जाजरकोट स्वास्थ्य कार्यालयले नै सर्पदंशको औषधि दिन बाध्य भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै