७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

विवरण पेस नगर्दा रेबिज भ्याक्सिन आएन

६ आश्विन २०७३, बिहीबार ०३:००

असोज ६, जिल्ला स्वास्थ्य कार्यालयमा रेबिज विरुद्धको भ्याक्सिन नहुँदा दैनिक कुकुर तथा स्यालले टोकेका बिरामी आएपनि रित्तो हात फर्कने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटलाई क्षेत्रीय स्वास्थ्य निर्देशनालयले प्रगति विवरण पठाउन ताकेता गरेपनि स्वास्थ्य कार्यालयले पठाउन ढिला गरेको छ । अहिले जिल्ला स्वास्थ्य कार्यालयमा एउटा पनि रेबिजविरुद्ध लगाउने भ्याक्सिन नहुँदा बिरामी मर्कामा परेको खोपका फोकल व्यक्ति रामपुकार शाहले बताउनुभयो । 

जिल्लाका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा आवश्यक विद्युत्को अभावमा भ्याक्सिन सदरमुकाममा राख्ने गरिएका कारण सबै बिरामी सदरमुकाममा आउने गर्दछन् । त्यहाँ नै खोप नहुँदा दैनिक रित्तो हात फर्कने गरेको पाइएको छ । सक्ला–१ लैखमका धनबहादुर खत्रीलाई बहुलाएको कुकुरले टोकेपछि एक दिन हिँडेर सदरमुकाम आएपनि भ्याक्सिन नहुँदा रुकुमको चौरजहारीमा गएको बताउनुभयो । 

जिल्ला स्वास्थ्य कार्यालयले कहिले प्रगति विवरण पठाउने हो अनि कहिले भ्याक्सिन आउने हो अन्यौल भएको एक स्वास्थ्यकर्मीले बताउनुभयो । औषधिको स्टोर सम्हाल्दै आएका लमबहादुर खड्काले समेत प्रगति विवरण नपठाएका कारण समस्या भएको बताउनुभयो । 

यसभन्दा एक महिनाअघि सर्पदंशको औषधि लुकाएर बिरामी रुकुमको चौरजहारी अस्पतालमा जिल्ला स्वास्थ्य कार्यालयले नै रिफर गरेको थियो । यसको समाचार प्रकाशन भएपछि चौरजहारी अस्पताललाई जाजरकोट स्वास्थ्य कार्यालयले नै सर्पदंशको औषधि दिन बाध्य भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी