चैत २, काठमाडौं | स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अन्तिम १६ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुललाई १-० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । रियलले समग्रमा ६-२ को जित निकालेको हो ।
घरेलु मैदान सान्टियागोल बर्नाबेउमा भएको दोस्रो लेगमा करिम बेन्जीमाले एक गोल गरे । उनले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए । सोही गोल नै रियललाइ क्वाटरफाइनलमा प्रवेश गर्न पर्याप्त भयो ।
लिभरपुलको मैदानमा भएको पहिलो लेगमा रियलले लिभरपुललाई ५–२ ले हराएको थियो ।
युरोपियन च्याम्पियन्स लिग फुटबलको कीर्तिमानी १४ पटकको विजेता रियल १९औं पटक क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
यस खेलसँगै रियलले च्याम्पियन्स लिगमा ३०० खेल समेत पूरा गर्ने पहिलो क्लब बनेको छ ।