२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पानी नपरी किन रोकियो युएई बिरुद्धको आजको क्रिकेट खेल ?

२०७९, २ चैत्र बिहीबार १२:३६

चैत २, काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईसँग भएको एकदिवसीय खेलमा नेपालले ४४ ओभरको खेल खेल्दै गर्दा 'ब्ल्याक लाइट' को कारण खेल रोकिँदा 'डकवर्थ लेविस' नियम अनुसार ९ रनले जित हासिल गरेको छ । 

के हो 'ब्ल्याक लाइट' ? 

खेल मैदानमा कम प्रकाशका कारण एक सत्र वा एक दिनको अवधिमा खेलिने खेल रोकिन सक्ने नियम छ । त्यसै कारण आजको खेल पानी नपरेपनि कम प्रकाशको कारण रोकिएको हो । खेल मैदानमा प्रयाप्त प्रकाश नहुँदा खेल रोक्न सक्ने नियम रहेको छ । 

क्रिकेट खेलमा खेल जारी राख्नको लागि जब पर्याप्त प्रकाश हुँदैन तब ब्याड लाइटको कारण खेल रोकिन सक्छ । खराब प्रकाशले बललाई बादल र अध्यारो अवस्थामा देख्न गाह्रो हुन्छ । यसै कारणलाई मध्य नजर गर्दै खेल रोक्ने निर्णय लिइन्छ । आजको खेलमा पनि त्यसै अनुसारको निर्णय लिईएको हो । 

खराब प्रकाशको कारण सबैभन्दा बढी प्रभावित हुनेहरू मुख्यत: ब्याट्सम्यान, विकेटकिपर र क्लोज-इन फिल्डरहरू हुन् । किनभने तिनीहरूसँग सामान्यतया तीव्र गतिमा बल आउँदा खेलमा पर्दर्शन गर्न असक्षम हुन्छन् । कमजोर प्रकाशको कारण रातो बललाई ब्याट्सम्यानले उपयुक्त दिशा दिन, फिल्डरले समेतप्रहार भएको बल देख्न नसक्ने वा क्याच गर्न गाह्रो हुन्छ । साथै खेलाडीहरु घाइते हुने सम्भावना पनि हुन्छ । 

आजको खेलमा युएईसँग नेपाल खेल्दै गर्दा मौसममा परिवर्तन आएको थियो । मौसमको कारण खेल मैदानमा प्रयाप्त प्रकाश थिएन । 

विश्वकप छनोटमा पुग्यो नेपाल


बिहीबार काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गर्यो । योसँगै नेपाल विश्वकप छनोट चरणमा प्रवेश गरेको छ । बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो । आजको खेल जितेपछि नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाएको छ ।

कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकको मद्दतले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो । टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रनको लक्ष्य दिएको थियो ।

खेलमा यूएईका लागि वृत्य अरविन्दले ९४ रन बनाए । १३८ बल सामना गरेका उनले २ छक्का र ८ चौकाको सहयोगमा उक्त योगफल तयार पारेका थिए । त्यस्तै यूएईका लागि ओपनर मोहम्मद वासिमले ६३ रन बनाए । ४९ बल सामना गरेका उनले ६ छक्का र २ चौकासहित उक्त योगफल तयार गरेका थिए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ८ ओभरमा २ मेडन राख्दै उनले १९ रन खर्चिए । सोमपाल कामीले ९ ओभरमा १ विकेट लिँदै ७४ रन खर्चिए । त्यस्तै सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै १ विकेट लिँदै ८० रन खर्चिए । ललित राजवंशीले भने १० ओभरमा २७ रन खर्चिएर १ विकेट लिए । त्यस्तै ८ ओभरमा गुल्सन झाले ६३ रन खर्चिए । ४ ओभरमा कुशल मल्लले ३८ रन दिँदा आरिफ शेखले १ ओभरमा ६ रन दिए ।

पछिल्लो समय नेपाल उत्कृष्ट लयमा रहेको छ । यो सँगै नेपालले खेलेका १२ खेलमध्ये ११ मा जित हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ