६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बटलर र स्टोक्सलाई पन्छाउँदै नेपालका आसिफ शेखले जिते सीएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

६ चैत्र २०७९, सोमबार १२:१६

चैत ६, काठमाडौँ | नेपाली क्रिकेटर आसिफ शेखले २०२२ को क्रिस्टोफर मार्टिन-जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड जितेका छन् । टि–२० म्याचमा देखाएको खेलभावनाका निम्ति उनलाई सो अवार्ड दिइएको हो ।

नेपाल र आयरल्यान्डबीचको खेलमा शेखले विपक्षी टिमका ब्याट्सम्यानलाई रन आउट गर्ने अवसर त्यागेका थिए । रन लिने क्रममा ब्याट्सम्यान बीचमै लडेपछि शेखले उनको स्टम्प ढाल्न चाहेनन् । यसबाट ब्याट्सम्यानल जिवनदान पाएका थिए ।

यो अवार्डका लागि ईंग्ल्यान्डका जोस बटल र बेन स्टोक्स पनि निर्णायकहरुको नजरमा परेकोमा आसिफलाई छनोट गरिएको हो ।

ईंग्ल्यान्डको ह्वाट बल क्याप्टेन बटलरले अष्ट्रेलियाका म्याथु वेडको ब्याटमा टप एज लागेपछि बलरले क्याच लिन खोज्दा अवरोध गरेवापत ‘अब्स्ट्रक्ट द फिल्ड’ का लागि अपिल गर्न अस्वीकार गरेका थिए । यो २०२२ को अक्टोबरमा पर्थमा भएको टि–२० म्याचको घटना थियो ।

यसैगरि, टेस्ट कप्तान स्टोक्सले पाकिस्तानमा भएको टेस्ट श्रृंखलाका क्रममा आफ्नो म्याच फी त्यहाँका बाढीपिपिडतको सहयोगार्थ दिने घोषणा गरेका थिए ।

स्पिरिट अफ क्रिकेट अवार्ड सन् २०१३ मा मेरिलबोन क्रिकेट क्लव (एमसीसी) र बीबीसीले एमसीसीका पूर्व अध्यक्ष तथा विविसी टेस्ट म्याच स्पेसल कमेन्टेटर क्रिस्टोफर मार्टिन–जेनकिन्सको नामबाटट स्थापना गरेका हुन् । यसको इतिहासमा पहिलोपटक एमसीसी र बीबीसीले अवार्डका लागि सन् २०२२ को डिसेम्बरमा सार्वजनिक मनोनयन आह्वान गरेका थिए ।

यसअघि आशिफले आईसीसी अवार्ड २०२२ को एक विधा ‘स्पिरिट अफ क्रिकेट’ अर्वाड पनि जितेका थिए । सीएमजे र आईसीसीबाट स्पिरिट अप क्रिकेटको अवार्ड जित्ने आशिफ पहिलो नेपाली खेलाडी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता