२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बटलर र स्टोक्सलाई पन्छाउँदै नेपालका आसिफ शेखले जिते सीएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

२०७९, ६ चैत्र सोमबार १२:१६

चैत ६, काठमाडौँ | नेपाली क्रिकेटर आसिफ शेखले २०२२ को क्रिस्टोफर मार्टिन-जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड जितेका छन् । टि–२० म्याचमा देखाएको खेलभावनाका निम्ति उनलाई सो अवार्ड दिइएको हो ।

नेपाल र आयरल्यान्डबीचको खेलमा शेखले विपक्षी टिमका ब्याट्सम्यानलाई रन आउट गर्ने अवसर त्यागेका थिए । रन लिने क्रममा ब्याट्सम्यान बीचमै लडेपछि शेखले उनको स्टम्प ढाल्न चाहेनन् । यसबाट ब्याट्सम्यानल जिवनदान पाएका थिए ।

यो अवार्डका लागि ईंग्ल्यान्डका जोस बटल र बेन स्टोक्स पनि निर्णायकहरुको नजरमा परेकोमा आसिफलाई छनोट गरिएको हो ।

ईंग्ल्यान्डको ह्वाट बल क्याप्टेन बटलरले अष्ट्रेलियाका म्याथु वेडको ब्याटमा टप एज लागेपछि बलरले क्याच लिन खोज्दा अवरोध गरेवापत ‘अब्स्ट्रक्ट द फिल्ड’ का लागि अपिल गर्न अस्वीकार गरेका थिए । यो २०२२ को अक्टोबरमा पर्थमा भएको टि–२० म्याचको घटना थियो ।

यसैगरि, टेस्ट कप्तान स्टोक्सले पाकिस्तानमा भएको टेस्ट श्रृंखलाका क्रममा आफ्नो म्याच फी त्यहाँका बाढीपिपिडतको सहयोगार्थ दिने घोषणा गरेका थिए ।

स्पिरिट अफ क्रिकेट अवार्ड सन् २०१३ मा मेरिलबोन क्रिकेट क्लव (एमसीसी) र बीबीसीले एमसीसीका पूर्व अध्यक्ष तथा विविसी टेस्ट म्याच स्पेसल कमेन्टेटर क्रिस्टोफर मार्टिन–जेनकिन्सको नामबाटट स्थापना गरेका हुन् । यसको इतिहासमा पहिलोपटक एमसीसी र बीबीसीले अवार्डका लागि सन् २०२२ को डिसेम्बरमा सार्वजनिक मनोनयन आह्वान गरेका थिए ।

यसअघि आशिफले आईसीसी अवार्ड २०२२ को एक विधा ‘स्पिरिट अफ क्रिकेट’ अर्वाड पनि जितेका थिए । सीएमजे र आईसीसीबाट स्पिरिट अप क्रिकेटको अवार्ड जित्ने आशिफ पहिलो नेपाली खेलाडी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ