२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्रिकेटरद्वय करण र सुवास गृह जिल्लामा सम्मानित

२०७९, ८ चैत्र बुधबार १०:२७

चैत ८, काठमाडौं | क्रिकेटरद्वय करण केसी र सुवास भण्डारी गृह जिल्ला बागलुङमा सम्मानित भएका छन्। राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण र यू-१९ टोलीका सदस्य सुवासलाई बागलुङ नगरपालिकाले बुधबार सम्मानित गरेको हो। 

नगरपालिकाले नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने करणलाई १ लाख रुपैयाँ नगद र यू-१९ टोलीलाई विश्वकपमा पुर्‍याउने सुवासलाई ५० हजार रुपैयाँ नगदसहित सम्मानित गरेको छ। 


खेलाडीलाई सम्मान गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले खेलकुदको विकासमा नगरपालिका सधैं लाग्ने बताए। उनले नयाँ खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने र पूर्वाधार बनाउन प्रतिबद्ध रहेको बताए। ‘नगरपालिका खेल पूर्वाधार बनाउन प्रतिबद्ध छ,' नगरप्रमुख श्रेष्ठले भने, ‘खेलाडी उत्पादन गर्न र खेलाडीको मनोबल उच्च बनाउनसमेत हामी लाग्नेछौं।’

त्यस्तै खेलाडी सम्मान कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी सांसद दिलमाया पौबीले खेलाडी राष्ट्रका गहना भएकाले उनीहरूको जीवन निर्वाहको लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताइन्। सम्मानित भएपछि बोल्दै करणले गृह जिल्लामा सम्मानित हुन पाउँदा थप हौसला बढेको बताए। उनले सम्मानले जिम्मेवारी थप बढेको र जिम्मेवारीलाई खेलकुदमा रुपान्तरण गर्ने र आशा र भरोसा तोड्न नदिने बताए।

करण बागलुङ नगरपालिका-८ सिगानाका हुनभने सुवास काठेखोला गाउँपालिका-१ पालाका हुन्। राष्ट्रिय क्रिकेट टोलीका फास्ट बलिङ अलराउण्डर करणले आईसीसी विश्वकप लिग-२ का खेलमा कूल ५० विकेट लिँदै सानदार प्रर्दशन गरेका थिए। 

त्यस्तै यू-१९ क्रिकेट टोलीका स्पिनर सुवासले नेपाललाई सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा पुर्‍याउन सानदार प्रदर्शन गरेका थिए। सुवासले प्रतियोगिताका पाँच खेलमा ४३ ओभर बलिङ गर्दै ११५ रन खर्चेर ७ विकेट लिएका थिए। उनले डेब्यू खेलमा सिंगापुरविरुद्ध १० ओभरमा १ मेडनसहित २९ रन खर्चेर २ विकेट लिएभने ब्याटिङमा ८ बलमा १ चौकासहित १२ रनमा अविजित रहेका थिए। 

दोस्रो खेलमा कुवेत विरुद्ध विकेट लिएनन्भने तेस्रो खेलमा हङकङविरुद्ध १० ओभरमा ३ मेडनसहित १० रन खर्चेर २ विकेट लिए। सुवासले ६० मध्य ५१ बल डट राखेका थिए। उनले चौथो खेलमा मलेसियाविरुद्ध ९ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए। त्यस्तै अन्तिम तथा निर्णायक (पाँचौं) खेलमा घरेलु टोली युएईविरुद्ध १० ओभरमा ३९ रन खर्चेर २ विकेट लिएका थिए। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ