६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्रिकेटरद्वय करण र सुवास गृह जिल्लामा सम्मानित

८ चैत्र २०७९, बुधबार १०:२७

चैत ८, काठमाडौं | क्रिकेटरद्वय करण केसी र सुवास भण्डारी गृह जिल्ला बागलुङमा सम्मानित भएका छन्। राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण र यू-१९ टोलीका सदस्य सुवासलाई बागलुङ नगरपालिकाले बुधबार सम्मानित गरेको हो। 

नगरपालिकाले नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने करणलाई १ लाख रुपैयाँ नगद र यू-१९ टोलीलाई विश्वकपमा पुर्‍याउने सुवासलाई ५० हजार रुपैयाँ नगदसहित सम्मानित गरेको छ। 


खेलाडीलाई सम्मान गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले खेलकुदको विकासमा नगरपालिका सधैं लाग्ने बताए। उनले नयाँ खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने र पूर्वाधार बनाउन प्रतिबद्ध रहेको बताए। ‘नगरपालिका खेल पूर्वाधार बनाउन प्रतिबद्ध छ,' नगरप्रमुख श्रेष्ठले भने, ‘खेलाडी उत्पादन गर्न र खेलाडीको मनोबल उच्च बनाउनसमेत हामी लाग्नेछौं।’

त्यस्तै खेलाडी सम्मान कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी सांसद दिलमाया पौबीले खेलाडी राष्ट्रका गहना भएकाले उनीहरूको जीवन निर्वाहको लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताइन्। सम्मानित भएपछि बोल्दै करणले गृह जिल्लामा सम्मानित हुन पाउँदा थप हौसला बढेको बताए। उनले सम्मानले जिम्मेवारी थप बढेको र जिम्मेवारीलाई खेलकुदमा रुपान्तरण गर्ने र आशा र भरोसा तोड्न नदिने बताए।

करण बागलुङ नगरपालिका-८ सिगानाका हुनभने सुवास काठेखोला गाउँपालिका-१ पालाका हुन्। राष्ट्रिय क्रिकेट टोलीका फास्ट बलिङ अलराउण्डर करणले आईसीसी विश्वकप लिग-२ का खेलमा कूल ५० विकेट लिँदै सानदार प्रर्दशन गरेका थिए। 

त्यस्तै यू-१९ क्रिकेट टोलीका स्पिनर सुवासले नेपाललाई सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा पुर्‍याउन सानदार प्रदर्शन गरेका थिए। सुवासले प्रतियोगिताका पाँच खेलमा ४३ ओभर बलिङ गर्दै ११५ रन खर्चेर ७ विकेट लिएका थिए। उनले डेब्यू खेलमा सिंगापुरविरुद्ध १० ओभरमा १ मेडनसहित २९ रन खर्चेर २ विकेट लिएभने ब्याटिङमा ८ बलमा १ चौकासहित १२ रनमा अविजित रहेका थिए। 

दोस्रो खेलमा कुवेत विरुद्ध विकेट लिएनन्भने तेस्रो खेलमा हङकङविरुद्ध १० ओभरमा ३ मेडनसहित १० रन खर्चेर २ विकेट लिए। सुवासले ६० मध्य ५१ बल डट राखेका थिए। उनले चौथो खेलमा मलेसियाविरुद्ध ९ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए। त्यस्तै अन्तिम तथा निर्णायक (पाँचौं) खेलमा घरेलु टोली युएईविरुद्ध १० ओभरमा ३९ रन खर्चेर २ विकेट लिएका थिए। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता