२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रोकिएन खेलाडी पलायन, रजिन र सुजलपनि अष्ट्रेलियातर्फ

२०७९, ९ चैत्र बिहीबार ११:३४

चैत ९, काठमाडौँ | पछिल्लो समय नेपाली खेलाडीहरू विदेशिने क्रम बढेको छ । असोजको पहिलो साता सिनियर तथा उमेर समूहको नेपाली राष्ट्रिय फुटबल टोलीबाट प्रतिनिधित्व गरिसकेका प्रतिभावान् खेलाडी अस्ट्रेलियातर्फ आफ्नो भविष्य खोज्दै उडेका थिए।  एक पुस्ताका लगभग सबै खेलाडी अष्ट्रेलिया पुगिसकेका छन् ।

त्यसैमा आज नेपाली राष्ट्रिय टिमका लेफ्ट ब्याक रजिन धिमाल र विङ्गर सुजल श्रेष्ठ सुरक्षित भविष्यको खोजीमा अष्ट्रेलिया उड्ने भएका छन् ।

मच्छिन्द्र फुटबल क्लबबाट शहीद स्मारक एडिभिजन लिग खेलिरहेका दुवै खेलाडी आज राति अष्ट्रेलिया प्रस्थान गर्दैछन् । लगातार दुई पटकको च्याम्प्यिन मच्छिन्द्रको कप्तान र राष्ट्रिय टीमको पूर्व कप्तानसमेत रहेका सुजलले सन् २०११ मा भुटानविरुद्धको खेलमा राष्ट्रिय टीमबाट डेब्यू गरेका थिए । नेपालका लागि ३७ अन्तर्राष्ट्रिय खेल खेलेका सुजलले तीन गोल गरेका छन् ।

यस्तै, रजिनले सन् २०१४ मा फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गर्दै नेपालका लागि १० खेल खेलेका छन् ।

गत महिना सुनिल बल अष्ट्रेलियातर्फ लागेका थिए । यो एक वर्षमा एक दर्जन भन्दा बढी राष्ट्रिय खेलाडी अष्ट्रेलिया पलायन भएसँगै नेपाली टिममा अनुभवि खेलाडीको अभाव खड्कीन थालेको छ ।

अस्ट्रेलियामा राम्रो आम्दानी मात्र होइन, भविष्यसमेत सुनिश्चित हुने देखी प्रत्येक महिनाजसो नेपालका राम्रा तथा उदीयमान खेलाडी त्यसतर्फ उडिरहेका छन् । यही क्रम जारी रहँदा निकट भविष्यमा हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एक दर्जनभन्दा बढी खेलाडी घरेलु लिगमा देखिनेछैनन् ।

नेपालको घरेलु फुटबल संरचना बलियो नहुँदा र वेला–वेलामा हुने फुटबल विवादले राष्ट्रिय टोलीका वर्तमान ठूला अनुहारसमेत विदेश पलायन हुने अवस्थामा छन् । नेपालमा खेलेरै जीवन निर्वाह गर्न मुस्किल पर्न थालेपछि खेलाडीले दोस्रो विकल्पका रूपमा बिदेसिने बाटो रोजेका हुन् । नेपाली खेलाडीहरू अस्ट्रेलियामा एक दिन खेल्ने र बाँकी ६ दिन काम गर्छन् । सप्ताहन्तमा हुने अष्ट्रेलियाको स्थानीय लिगबाट खेलाडीले मोटो रकम पाउँदै आएका छन् । यसै मोटो रकममा उनीहरूलाई लोभ्याएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ