२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दीप र अर्जुन द हन्ड्रेडमा ‘अनसोल्ड’

२०७९, १० चैत्र शुक्रबार ०७:१७

चैत १०, काठमाडौँ | नेपाली स्टार स्पिनर सन्दीप लामिछाने र विकेटकिपर ब्याटर अर्जुन साउद इंग्ल्याण्डमा आयोजना हुँदै आएको १०० बलको क्रिकेट प्रतियोगिता द हन्ड्रेडमा छनोट हुन असफल भएका छन् । 

बिहीबार राति लन्डनमा भएको अक्सनमा उनलाई कुनै पनि टीमले बोली लगाएनन् । द हन्ड्रेडको ड्राफ्टमा सन्दीपसहित नेपालका अर्जुन साउद पनि अटाएका थिए । सन्दीपसँगै अर्जुन पनि अनसोल्ड भए ।

यस प्रतियोगिताको पहिलो संस्करणमा सन्दीपलाई ओभल इन्भिसिबल्सले ६० हजार पाउन्डमा अनुबन्धित गरेको थियो । तर, भिसा समस्याका कारण उनले उक्त संस्करण गुमाएका थिए । दोस्रो र तेस्रो संस्करणमा उनी लगातार अनसोल्ड भएका छन् ।

द हन्ड्रेडको ड्राफ्टमा ३६८ जना खेलाडी रहेका छन् । यो प्रतियोगिता आउँदो १ अगष्टबाट सुरु हुँदैछ । यसमा ८ वटा फ्रेन्चाइज टीम सहभागी छन् ।

सन् २०२१ बाट सुरू भएको द हन्ड्रेड १०० बलको क्रिकेट हो । ईंग्ल्यान्डको क्रिकेट बोर्डले आयोजना गर्ने यो प्रतियोगिताका खेलहरू ईंग्ल्यान्ड र वेल्समा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने