२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

लियोनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको ७–० को फराकिलो जित

२०७९, १५ चैत्र बुधबार ०३:३१

चैत १५, काठमाडौँ | अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कुराकाओविरुद्ध विश्वविजेता अर्जेन्टिनाले ७–० को फराकिलो जित निकालेको छ ।  बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले ह्याट्रिक गरे । घरेलु मैदान ब्युनर्स आयर्समा भएको खेलमा मेस्सीले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए । 


त्यस्तै, निकोलस गोन्जालेज, एन्जो फर्नान्डेज, एन्जल डि मारिया र गोन्जालो मोन्टिएलले एक/एक गोल गरे ।  

योसँगै मेस्सी अन्तर्राष्ट्रिय फुटबलमा १ सय गोल पूरा गर्ने तेस्रो खेलाडी बनेका छन् । मेस्सीले अहिलेसम्म १०२ गोल गरेका छन् । उनीभन्दा अगाडि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इरानका अली दाई रहेका छन् ।

खेलको २०औँ मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । २३औँ मिनेटमा निकोलस गोन्जालेजको गोलबाट अर्जेन्टिना २–० ले अगाडि बढ्यो । 

३३ औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए । ​३५औँ मिनेटमा एन्जोको गोलबाट अर्जेन्टिनाले ४–० को फराकिलो अग्रता पायो । ३७ औँ मिनेटमा मेस्सीले ह्याट्रिक पूरा गर्दा अर्जेन्टिना ५–० ले अघि बढ्यो । मेस्सीको यो ३७औँ ह्याट्रिक हो ।


दोस्रो हाफमा अर्जेन्टिनाले दुई गोल थप्यो । खेलको ७८औँ मिनेटमा एन्जल डि मारियाले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई ६–० को अग्रता दिलाए । ८७औँ मिनेटमा गोन्जालो मोन्टिएलले गोल गर्दै अर्जेन्टिनालाई ७–० को फराकिलो जित दिलाए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने