६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आईपीएल: उद्घाटन खेलमा चेन्नाईविरुद्ध गुजरातको विजयी सुरुआत

१८ चैत्र २०७९, शनिबार ०३:४२

चैत १८, काठमाडौँ | साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औँ सिजनमा विजयी सुरुवात गरेको छ । चेन्नई सुपर किंग्सलाई रोमाञ्चक भिडन्तमा ५ विकेटले पराजित गरेको हो ।

शुक्रबार घरेलु मैदान अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गुजरातका कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । ब्याटिङ गर्दै चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो भने १७९ रनको लक्ष्य गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो ।


पहिले ब्याटिङ गर्दै चेन्नईका ओपनर ऋतुराज गायकवाडले सर्वाधिक ५० बलमा  ९२ रन बनाए । मोइन अलीले २३ रन बनाए । मध्यक्रममा शिवम दुबेले १९ र कप्तान महेन्द्र सिंह धोनीले अविजित १४ रन बनाए । गुजरातका लागि मोहम्मद सामी, रासिद खान र अल्जारी जोसेफले २/२ विकेट लिए । रासिद खान प्लेअर अफ दि म्याच घोषित भए ।

गुजरातका लागि ओपनर शुभमन गिलले ३६ बलमा ६३ रन बनाए । त्यसपछि विजय शंकरले २७ रन, ऋद्धिमान साहाले १६ बलमा २५ रन तथा साई सुदर्शनले पनि २२ रनको महत्त्वपूर्ण योगदान दिए । 

गुजरातलाई जित दिलाउने काम अन्तिममा राहुल तेवाटिया र रासिद खानले पूरा गरे । 

चेन्नाईका लागि यसै खेलबाट आईपीएल डेब्यु गरेका राजवर्धन हंगारगेकरले ३ विकेट तथा तुसार देशपाण्डे र रविन्द्र जडेजाले समान एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता