६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ललितपुर महानगरले फुटबल क्लबहरुलाई दियाे ३८ लाख रुपैयाँ सहयोग

२० चैत्र २०७९, सोमबार १०:३९

चैत २०, ललितपुर | ललितपुर महानगरपालिकाले ललितपुरका फुटबल क्लवहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । सोमबार आयोजित एक कार्यक्रमकाबीच महानगरले ए, बी र सी डिभिजनका फुटवल क्लवहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

जसअनुसार ए डिभिजन लिग खेल्ने ६ वटा क्लबहरुलाई रु चार लाख, बी डिभिजनका २ वटा क्लबहरुलाई ३ लाख र ४ वटा सी डिभिजन क्लवलाई रु दुई लाखका दरले सहयोग हस्तान्तरण गरिएको हो ।

त्यस्तै, कार्यक्रममा नर्वौ राष्ट्रिय खेलकुद २०७९ मा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने खेलाडीहरुलाई महानगरले नगद सहित सम्मान गरेको छ । जसअनुसार स्वर्ण पदक प्राप्त गर्ने २२ जनालाई २० हजारका दरले पुरस्कृत गरिएको छ भने रजत पदक प्राप्त गर्ने १८ जनालाई १५ हजार र कास्य पदक प्राप्त गर्ने १८ जनालाई रु १० हजारका दरले पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले खेलको बिकास संगै खेलाडीहरुको हौसला बढाउनका लागि महानगरले सहयोग गरेको बताए । आगामी दिनमा महानगरले गर्ने आर्थिक सहयोग बढाउँदै लैजाने उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता