६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ओलम्पिकको एसियाली छनोट खेल मङ्गलबारदेखि

२१ चैत्र २०७९, मंगलवार १२:०५

चैत २१, काठमाडौँ | पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला फुटबलको एसियाली छनोट प्रतियोगिताको पहिलो चरणको खेलमा नेपालले मङ्गलबार भियतनामसित खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोली खेल्नेछन् । 

ओलम्पिकको एसियाली छनोटको पहिलो चरणमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा भियतनाम छ । सो समूहमा रहेका अफगानिस्तान र प्यालेस्टाइनले खेल नखेल्ने भन्दै नाम फिर्ता लिएका थिए । छनोट खेलको विजेता ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ । 


नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले उक्त प्रतियोगितामा आफ्नो टोलीले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे । उनले फिफा वरियताले खेलमा खासै असर नगर्ने उल्लेख गर्दै आफ्नो टोलीले उत्कृष्ट खेल खेल्ने बताए । फिफा महिला विश्व वरियतामा भियतनाम ३३औँ स्थानमा छ भने नेपाल १००औँ स्थानमा रहेको छ । 

प्रशिक्षक थापाले भियतनाम बलियो विपक्षी टोली भए पनि आफ्नो टोलीले विगत एक महिनादेखि विशेष तयारी गरिरहेकाले नतिजा आफ्नो पक्षमा रहने बताए । यही प्रतियोगिताको तयारीका लागि नेपालले गत फागुन ३ र ६ गते भारतमा भारतीय टोलीसँग मैत्रीपूर्ण खेल खेलको थियो । नेपालले भारतसँग पहिलो खेल गोलरहित बरबरी तथा दोस्रो खेल २–२ गोलको बराबरी खेलेको थियो ।

नेपाली टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बलियो टोलीसँग खेल्न आफूहरु तयार रहेको बताइन् । वरियताले खेलको नतिजामा खासै फरक नपर्ने उनको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता