६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दीपा शाही भारतीय क्लब लर्डस एफसीमा अनुबन्धित

२२ चैत्र २०७९, बुधबार ०६:४८

चैत २२, काठमाडौं | नेपाली महिला टिमकी मिडफिल्डर दीपा शाही भारतीय शिर्ष डिभिजन क्लब लर्डस फुटबल क्लबमा अनुबन्ध भएकी छिन् । उनी यस सिजनको लिगका लागि अनुबन्ध भएकी हुन् । उनले ३ दिन अघि लर्डससँग लिखित सम्झौता गरेकी हुन् ।


राष्ट्रिय टिममा डेब्यु गरेको १८ महिनामा नै उनले विदेशी लिगमा खेल्ने अवसर पाएकी छन् । काठमाडौंमा भएको राष्ट्रिय उपमेयर कपमा उत्कृष्ट प्रदर्शन गरेकी दीपाले त्यसपछि साफ यू–१८ को प्रतियोगिता खेलिन् ।

साफ यू–१८ मा मिडफिल्डमा बलियो पकड बनाएकी उनी त्यसपछि विभागीग क्लब त्रिभुवन आर्मीमा आबद्ध भइन् ।

रेनुका नगरकोटी घाइते भएपछि दीपाले साफ च्याम्पियनसिपमा पहिलो रोजाइमा रहँदै भुटानविरुद्धको खेलमा राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन् ।

उनले गत महिना सम्पन्न यू–२० प्रतियोगितामा पनि उच्च प्रदर्शन गरेकी थिइन् ।

जसका कारण राष्ट्रिय टिममा आएको छोटो समयमा नै दीपाले विदेशी लिगमा अनुबन्ध हुन पाएकी हुन् । नेपालबाट यसअघि सावित्रा भण्डारी र अनिता बस्नेतले भारतीय लिग खेलिसकेका छन् ।

सावित्राली सेथु एफसी र गोकुलम केरालाबाट लिग उपाधि जितेकी हुन् । अनिताले सावित्रासँगै खेल्दा सेथुबाट लिग जितेकी थिइन् ।

यसपटक पनि गोकुलमले सावित्रालाई अनुबन्ध गरिसकेको छ । लिग भने अप्रिल २५ बाट सुरु हुँदैछ । जसमा १६ टिमको सहभागिता रहनेछ । १६ टिमलाई दुई समुहमा विभाजित गरी लिग सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता