६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

९ वर्षपछि क्यानडालाई ओडीआई मान्यता, पीएनजीले जोगाउन सकेन

२२ चैत्र २०७९, बुधबार ०७:५४

चैत २२, काठमाडौं | च्यालेन्ज लिग ए को च्याम्पियन हुँदै आईसीसी विश्वकप क्वालिफायर प्लेअफमा स्थान बनाएको क्यानडाले ९ वर्षपछि एकदिवसीय मान्यता प्राप्त गरेको छ ।

नामिबियामा जारी प्लेअफमा पपुवा न्यूगिनी (पीएनजी) र जर्सीलाई पछि पार्दै क्यानाडाले ४ वर्षका लागि एकदिवसीय मान्यता पाएको हो । क्यानडासँगै यूएईले पनि ओडीआई मान्यता जोगाएको छ । आईसीसी विश्वकप लिग २ मा शीर्ष पाँचमा पर्न असफल भएको यूएईले एकदीवसीय मान्यता जोगाउन प्लेअफ खेल्नुपरेको थियो ।

प्लेअफमा ५ खेलमा ४ जित र एक हारको नतिजासहित ८ अंक जोडेर शीर्ष स्थानमा रहेको अमेरिकाले विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान पक्का गरेको छ । यस्तै, यूएईले पनि ग्लोबल क्वालिफायर खेल्न पाउने भएको छ । यूएईले ४ खेलमा तीन जित र एक हारको नतिजासहित ६ अंक जोडेर तेस्रो स्थानमा छ । तर, अन्तिम खेलमा आज जर्सीसँगको खेलमा हार वा जित जुनसुकै नतिजा ल्याएपनि हेड टु हेडमा नामिबियालाई पछि पार्दै यूएई ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल भएको छ ।

यस्तै, नामिबियाले लिग २ बाटै एकदिवसीय मान्यता जोगाइसकेको छ । भने, पीएनजीको एकदीवसीय मान्यता गुमेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता