२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बेन्जेमाको ह्याट्रिकमा बार्सिलोनालाई पराजित गर्दै रियल फाइनलमा प्रवेश

२०७९, २३ चैत्र बिहीबार ०३:३६

चैत २३, काठमाडौं | करिम बेन्जेमाको ह्याट्रिक मद्दतमा बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।

बार्सिलोनाको घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनल दोस्रो लेगको खेलमा रियलले बार्सिलोनालाई ४-० ले हराउँदै समग्रमा ४-१ को जित निकालेको हो ।


यसअघि रियलको घरेलु मैदानमा भएको पहिलो लेगमा रियल बार्सिलोनासँग १-० ले पराजित भएको थियो । 

रियलका लागि पहिलो हाफको इन्जुरी टाइममा भिनिसियस जुनियरले बेन्जेमाकै पासमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा बेन्जेमाले आठ मिनेटको अन्तरमा (५०औं, ५८औं) मिनेटमा दुई गोल गर्दै रियलको अग्रता फराकिलो बनाए । बेन्जेमाले खेलको ८०औं मिनेटमा अर्को गोल गर्दै उनले आफ्नो ह्याट्रिक पूरा गरे | बेन्जेमाको यो लगातार दोस्रो ह्याट्रिक हो । गत आइतबार उनले ला लिगामा रियल भालाडोलिडविरुद्ध ह्याट्रिक गरेका थिए ।

अब मे ६ मा हुने फाइनलमा रियलले अब उपाधिका लागि ओसासुनासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने