६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जिपी कोइराला स्मृति हक्की प्रतियोगिता : आज तीन खेल हुने

२४ चैत्र २०७९, शुक्रबार ०३:०४

चैत २४, मोरङ | गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत आज तीन खेल हुने भएका छन् ।  पहिलो खेल सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशबीच, दोस्रो खेल साविक विजेता त्रिभुवन आर्मी क्बल र गण्डकी प्रदेशबीच तथा तेस्रो खेल नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच हुनेछ ।

बिहीबार पनि तीन खेल सम्पन्न भएका थिए । विराटनगरको शहीद रङ्गशालामा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ८–० गोलअन्तरले पराजित गरेको थियो । पुलिसका लागि महेश धामीले पाँच तथा आयुष साह, केशव जोशी र रोहित लामाले एक÷एक गोल गरेका थिए ।

यस्तै अर्को खेलमा त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई १३–० गोलअन्तरले हरायो । आर्मीका लागि रोमन रानाले छ, प्रदीप राजवंशीले तीन, अमरबहादुर गुरुङले दुई तथा रञ्जित राउत र देवसिंह धामीले एक÷एक गोल गरेका थिए । 

यस्तै तेस्रो खेलमा कोशी प्रदेश र मधेस प्रदेशले बराबरी खेलेका थिए । दुवै टोलीका तर्फबाट दुई÷दुई गोल भएको थियो । कोशीका लागि विसु घिमिरे र मनोज चौधरीले गोल गरे भने मधेसका लागि पङ्कज दाहाल र राहुल साहले गोल गरेका थिए । 

यही चैत २७ गतेसम्म चल्ने प्रतियोगितामा दुई विभागिय टोली आर्मी र पुलिस क्लबका साथै कोशी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । नेपाल हक्की सङ्घद्वारा आयोजित उक्त प्रतियोगिताको विजेताले रु ७५ हजार, उपविजेताले रु ४१ हजार र तेस्रो हुने टोलीले रु २५ हजार पुरस्कार प्राप्त गर्ने छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता