Skip to content
Friday, July 17, 2026 Nepali Online Media

राष्ट्रिय खेलका लागि गुल्मीबाट खेलाडी छनौंट

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार | असोज–८, गुल्मी । अव केहि दिनपछि पुर्वाञ्चलको विराटनगरमा हुन गई रहेको ७ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समिति गुल्मीले विभिन्न विद्याका खेलाडीहरु धमाधम छनौं गरिरहेको छ ।

समितिका उपाध्यक्ष रमेश श्रीस्ले दिएको जानकारी अनुसार महिला कवड्डी खेलका लागि १० जना महिलाहरु छनौट भएका छन् । छनौट हुनेहरुमा गंगाकुमारी राकसकोटी, रोशनी कुमाल, कल्पना कार्की, मनिषा घर्ति, सचिना क्षेत्री, सविना खत्री, ज्योति कार्की, प्रविना मल्ल, यमुना श्रीस, सपना सारु  र ईश्वरा कार्की रहेका छन् । त्यस्तै वैकल्पीक खेलाडीहरुमा स्मृता श्रीस्, लक्ष्मी थापा, रञ्जिता के.सी. र गिता भुसाल छनौंट भएका छन् ।

त्यस्तै एथेलेटिक्स तर्फ गीता बि.क., सीता सेन, सीता राना लगायत छनौट भएको र छनौंट प्रकृया जारी रहेको खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

त्यस समितिका  कार्यालय प्रमुख र विभिन्न विद्याका प्रशिक्षक दिपक केसी गुल्मी आएदेखि क्षेत्रिय देखि राष्ट्रिय प्रतियोगिताहरुमा गुल्मीका खेलाडीहरुले जिल्लाको शिर उचो पार्न सफल हुँदै आएका छन् ।