वैशाख ५, काठमाडौं | बाँया हाते स्पिनर ललित राजवंशीले मलेसियाका ओपनर विरनदीपसिंहलाई आउट गर्दै जारी एसीसी प्रिमियर लिगमा नेपाललाई तेस्रो सफलता दिलाएका छन् ।
आफ्नो स्पेलको आठौं ओभर बलिङमा आएका राजवंशीले पहिलो बलमै सोमपाल कामीबाट क्याचआउट गराउँदै नेपालका लागि तेस्रो विकेट लिए ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला बलिङको निम्तो पाएको नेपालका लागि पहिलो विकेट गुलसन झाले लिएका थिए । उनले ओपनर मोहमद अमिरलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराएका थिए ।
५.५ ओभरपछि विकेटबिहिन भएको नेपालका लागि सन्दीप लामिछानेले ३३.२ ओभरमा विरनदीपसँग १ सय १६ रनको साझेदारि तोड्दै कप्तान अमेद फैजको विकेट लिएका थिए ।