सोमपालले लगातार दुई विकेट लिँदा नेपाललाई सातौं सफलता

Posted on: 18 Apr, 2023

वैशाख ५, काठमाडौं | तीव्र गतिका बलर सोमपाल कामीले लगातार दुई विकेट लिँदा नेपालले सातौं सफलता पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला बलिङको निम्तो पाएको नेपालका लागि आफ्नो स्पेलको आठौं ओभर बलिङमा आएको सोमपालले पहिलो बल डट फाल्दै लगातार विकेट लिए । चौथो बलमा चौका दिँदा सोमपाल ह्याट्रिक विकेट लिन चुकेका थिए ।

मलेसियाले ४७.२ ओभरमा सात विकेट गुमाएर २१३ रन बनाएको छ । क्रजमा स्याजु डुरस र मोहमद स्याहादत छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!