५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष्य, सोमपाल र सन्दीपले लिए ३–३ विकेट

५ बैशाख २०८०, मंगलवार ०७:००

वैशाख ५, काठमाडौं | एसीसी प्रिमियर लिगको पहिलो खेलमा नेपालले जितका लागि २३६ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ९ विकेट क्षतिमा २३५ रन बनायो ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३–३ विकेट लिएपछि मलेसिया मध्यम स्कोरमा समेटिएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ३५ रनको योगफल तयार पारेको छ ।

लागि कप्तान फैजले सर्वाधिक ७६ रन जोडे । उनले आउट हुनुअघि, ओपनर विरन्दीपसँग १ सय १६ रनको साझेदारि गर्दै ९५ बल खेलेर ८ चौका र १ छक्का प्रहार गरे । विरन्दीप ९४ बल खेल्दै २ चौकाको मद्दतमा ४६ रन बनाएर आउट भए ।

ओपनर मोहमद अमिर १८ बलमा ३ चौका प्रहार गर्दै १७ रन जोडेर पभेलियन फर्किएका थिए । सायद अजिज १३ रन बनाएर सोमपाल कामीको बलमा क्याच आउट हुँदा खिजार हायात २२ रनमा आउट भए ।

नेपालको बलिङमा सोमपाल कामी र सन्दीप लामिछानेले तीन–तीन विकेट लिए । सन्दीपले १० ओभरमा १ मेडन राख्दै ४८ रन खर्चिए । भने, सोमपालले आफ्नो स्पेलको ९ ओभर फाल्दै ४० रन खर्चिए। यस्तै, ललीत राजवंशीले दुई विकेट लिँदा गुलसन झाले एक विकेट लिए ।

मुलपानी मैदानमा जारी अर्को खेलमा सिंगापुरले हङकङलाई ४२.१ ओभरमा अलआउट हुँदै १ सय ७५ रनको लक्ष्य दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता