मलेसियाविरुद्ध भिमको अर्धशतक

Posted on: 18 Apr, 2023

वैशाख ५, काठमाडौँ | एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को जारी खेलमा मलेसियाविद्ध नेपालका भिम सार्कीले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले लिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको नेपालका लागि तेस्रो नम्बरमा क्रिजमा उत्रिएका भिम सार्कीले ७५ बलमा तीन चौकासहित अर्धशतक पुरा गरे ।

उनले कुशल मल्लसँग ५४ रनको साझेदारी गर्दै अर्धशतक पुरा गरेका हुन् । कुशल २० बलमा समान दुई चौका र छक्कासहित ३० रन बनाएर खलिरहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!