मूलपानी क्रिकेट मैदानमा पहिलो अन्तराष्ट्रिय क्रिकेट खेल: सिङ्गापुर विरुद्ध हङकङ विजयी

Posted on: 18 Apr, 2023

वैशाख ५, काठमाडौँ । एसिसी प्रिमियर कप अन्तर्गतको आज भएको खेलमा हङकङले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । मूलपानी क्रिकेट मैदानमा भएको पहिलो अन्त्राष्ट्रिय खेलमा सिङ्गापुरले दिएको १७५ रनको लक्ष्य हङकङले ३३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । 

हङकङका लागि बाबर हायातले ९४ बलमा १०८ रनको शतकीय योगदान पारी खेले । उनले १० चौका र ६ छक्का प्रहार गरे । त्यस्तै निजाकत खानले ८९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय योगदान गरे । सिङ्गापुरका लागि आरित्रदत्त र रमेश कालिमुथुले समान एक/एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ४२ दशमलब १ ओभरमा अलआउट हुँदै १७४ रन बनाएको थियो । सिङ्गापुरका लागि आरित्र दक्तले सर्वाधिक ४९ रनको योगदान दिए । उनले  ५७ बलमा ९ चौका प्रहार गरे ।

यसैगरी आर्यन मोदीले २१, रमेश कालीमुथुले १८, थिलिपन अमाइदुराइ र अभी दीक्षितले समान १२ तथा सुरेन्द्रन चन्द्रमोहन र प्रशिन परमले समान १०/१०  रन जोडे ।

हङकङका लागि एहसान खानले चार विकेट लिए भने यासिम मूर्ताजाले तीन विकेट झारे । त्यसैगरी मोहम्मद घनजफर, अइजाज खान र आयुष शुक्लाले समान एक/एक विकेट लिए । 

क्रिकेट इतिहाँसमा अर्को फड्को 

नेपालको आयोजनामा आजदेखि एसिसी प्रिमियर कप क्रिकेटको प्रतिस्पर्धा शुरु भएको हो । १० एशियाली राष्ट्र सहभागी प्रतियोगिता कीर्तीपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानीस्थित क्रिकेट मैदानमा हुँदैछन्।

नेपालले उदघाटन खेलमा कीर्तिपुरस्थित त्रिवि मैदानमा मलेशियालाई ६ विकेटले पराजित गरेको छ । यसैबीच लामो समयदेखि चर्चामा रहेको मूलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तरराष्ट्रिय खेल हुँदैछ । हङकङ र सिंगापुरबीच यही मैदानमा मंगलबार प्रतिस्पर्धा भइरहेको छ । 

एसिसी प्रिमियर कपका खेल मूलपानीमा भएसँगै यो मैदानमा ओडिआई खेल खेलाउन मान्यता दिलाउने लक्ष्य नेपाल क्रिकेट संघ (क्यान)ले लिएको छ । नेपालमा अन्तराष्ट्रिय स्तरको खेल मैदानको आवश्यकता महशुस भईरहेको बेला मुलपानी क्रिकेट मैदानमा पनि अन्तराष्ट्रिय खेल भएसंगै क्रिकेट इतिहाँसमा नेपालले अर्को महत्वपूर्ण फड्को मारेको छ । 

तस्वीर स्रोत: क्यान

यस बिषयमा तपाइको प्रतिक्रिया...!