५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्रिकेट इतिहाँसमा नेपालको अर्को फड्को, खुल्यो दोश्रो अन्तरराष्ट्रिय क्रिकेट मैदानको ढोका

५ बैशाख २०८०, मंगलवार ११:१७

वैशाख ५, काठमाडौँ । नेपालको आयोजनामा आजदेखि एसिसी प्रिमियर कप क्रिकेटको प्रतिस्पर्धा शुरु भएको हो । यो संगै नेपालले क्रिकेट इतिहाँसमा अर्को महत्वपूर्ण फड्को मारेको छ । 

यो पटक १० एशियाली राष्ट्र सहभागी प्रतियोगिता कीर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानको बिकल्पमा अर्को पनि खेल मैदानमा पहिलो पटक अन्तराष्ट्रिय खेल खेलाउन सुरुवात भएको छ । यस संगै अब नेपालमा हुने अन्तराष्ट्रिय खेलको तालिकामा कुन मैदानमा खेल हुँदैछ भन्ने पनि हेर्नुपर्ने भएको छ । 

दुई दशकदेखि राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्रिकेटका सबै प्रतियोगिता आयोजना हुँदै आएको कीर्तिपुरस्थित त्रिवि मैदानले मात्र नेपालले आयोजना गर्ने राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिताहरु धान्न कठिन भएकै वेला मूलपानी क्रिकेट मैदानमा एसिसी प्रिमियर कपका खेल सुरु भएका छन् । मंगलबार यसै मैदानमा हङकङले सिङ्गापुरलाई आठ विकेटले पराजित गरेको छ । यो दिन सम्मको प्रतीक्षा गर्न मूलपानी क्रिकेट मैदानले लामो समय कुर्नु पर्यो । केही समयअघि मात्र राष्ट्रिय प्रतियोगिता सञ्चालन भएको कारण मूलपानी क्रिकेट मैदान त्रिवि मैदानको विकल्प बन्ने आशा जागेको थियो ।

अब भने एसिसी प्रिमियर कप क्रिकेटका केही खेलहरु यसै मैदानमा हुने भएको छ । जसको कारण अब भविष्यमा अन्य अन्तरराष्ट्रिय प्रतियोगिता नेपालले आयोजना गर्ने पाउने अवसर समेत हाता लाग्ने अपेक्षा गरिएको छ । त्यसो त यो रंगशाला तयार भएसंगै अब एसिसीले वर्षमा एउटा-दुइ वटा प्रतियोगिता नेपालमै गर्न दिनपर्ने दबाब समेत भएको छ । 

अन्तराष्ट्रिय खेलहरु खेलाउन एक मात्र मैदान भएको कारण नेपालले केहि अन्तराष्ट्रिय खेलहरु नेपालमै खेलाउने अवसर चुकाई सकेको छ । अब भने त्यस्ता खेल पनि नेपालले आयोजना गर्ने आँट गर्न सक्ने भएको छ । 

त्यसो त एसिसी प्रिमियर कपका खेल मूलपानीमा भएसँगै यो मैदानमा ओडिआई खेल खेलाउन मान्यता दिलाउने लक्ष्य नेपाल क्रिकेट संघ (क्यान)ले लिएको छ । यस मैदानमा पिचदेखि ड्रेसिङ रुम, चेन्जिङ रुम‚ शौचालय लगायतका पूर्वाधारहरु मापदण्ड अनुसारनै निर्माण भएका छन् । त्यस्तै अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को मापदण्ड अनुसार मूलपानीमा साइट स्क्रिन, स्कोर बोर्ड, पवेलियनसँगै दर्शक र मिडिया बस्ने स्थान तथा मैदानबाहिर शौचालय र पार्किङको व्यवस्था समेत छ । यहाँ १ सय ६० यार्डको आइसिसीको मापदण्डअनुसारकै मैदानको बाउण्ड्री पनि छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता