५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसीसी प्रिमियर कपः यूएईको विजयी सुरुवात, कुवेत १४३ रनले पराजित

६ बैशाख २०८०, बुधबार ११:०१

बैशाख ६, काठमाडौँ | एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता यूएईले विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को आफ्नो पहिलो खेलमा यूएईले कुवेतलाई १४३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

बुधबार टीयू क्रिकेट मैदानमा भएको खेलमा ३७२ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको कुवेतले ३६.३ ओभरमा सबै विकेटको क्षतिमा २२८ रन मात्रै बनाउन सक्यो । कुवेतका सायद मोनिबले ३६ बलमा ६ छक्का र पाँच चौका प्रहार गर्दै ६८ रन बनाए । त्यस्तै, परभिन्दर कुमारले २६ बलमा सात छक्का र एक चौका प्रहार गर्दै ५३ रन बनाए । कप्तान मोहम्मद अस्लामले ३३ रन बनाए पनि अन्य ब्याटर सस्तैमा समेटिँदा कुवेत फराकिलो अन्तरले पराजित भएको हो ।


बलिङतर्फ यूएईका जुनैद सिद्धिकी र कार्थिक मैयाप्पनले समान ३–३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३७१ रन बनाएको थियो । उत्कृष्ट सुरुवात गरेको कुवेतले रोहन मुस्तफा र वृत्या अरभिन्दको साझेदारीलाई तोड्न नसक्दा ठूलो चुनौती पायो ।

यूएईका लागि वृत्या अरभिन्दले १८५ रन बनाए । उनले १४७ बलमा १७ चौका र ९ छक्का प्रहार गरे । त्यस्तै, रोहन मुस्तफाले १२५ बलमा १० चौका र चार छक्का प्रहार गर्दै ११८ रन बनाए । चौथो विकेटका लागि वृत्या र मुस्तफाले २७५ रनको साझेदारी गर्दै टिमलाई उकासे । २४ रन हुँदा तीन विकेट गुमाएको यूएईले चौथो विकेट २९९ रन बनाउँदा गुमाएको थियो । त्यस्तै, आसिफ खानले ९ बलमा ३० रन बनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता