२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसीसी प्रिमियर कपः यूएईको विजयी सुरुवात, कुवेत १४३ रनले पराजित

२०८०, ६ बैशाख बुधबार ११:०१

बैशाख ६, काठमाडौँ | एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता यूएईले विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को आफ्नो पहिलो खेलमा यूएईले कुवेतलाई १४३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

बुधबार टीयू क्रिकेट मैदानमा भएको खेलमा ३७२ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको कुवेतले ३६.३ ओभरमा सबै विकेटको क्षतिमा २२८ रन मात्रै बनाउन सक्यो । कुवेतका सायद मोनिबले ३६ बलमा ६ छक्का र पाँच चौका प्रहार गर्दै ६८ रन बनाए । त्यस्तै, परभिन्दर कुमारले २६ बलमा सात छक्का र एक चौका प्रहार गर्दै ५३ रन बनाए । कप्तान मोहम्मद अस्लामले ३३ रन बनाए पनि अन्य ब्याटर सस्तैमा समेटिँदा कुवेत फराकिलो अन्तरले पराजित भएको हो ।


बलिङतर्फ यूएईका जुनैद सिद्धिकी र कार्थिक मैयाप्पनले समान ३–३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३७१ रन बनाएको थियो । उत्कृष्ट सुरुवात गरेको कुवेतले रोहन मुस्तफा र वृत्या अरभिन्दको साझेदारीलाई तोड्न नसक्दा ठूलो चुनौती पायो ।

यूएईका लागि वृत्या अरभिन्दले १८५ रन बनाए । उनले १४७ बलमा १७ चौका र ९ छक्का प्रहार गरे । त्यस्तै, रोहन मुस्तफाले १२५ बलमा १० चौका र चार छक्का प्रहार गर्दै ११८ रन बनाए । चौथो विकेटका लागि वृत्या र मुस्तफाले २७५ रनको साझेदारी गर्दै टिमलाई उकासे । २४ रन हुँदा तीन विकेट गुमाएको यूएईले चौथो विकेट २९९ रन बनाउँदा गुमाएको थियो । त्यस्तै, आसिफ खानले ९ बलमा ३० रन बनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ