५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दोश्रो अन्तरराष्ट्रिय क्रिकेट मैदान मुलपानीमा भएको खेलमा कतारमाथि ओमानकाे विजयी सुरुवात

६ बैशाख २०८०, बुधबार ११:३६

बैशाख ६, काठमाडौँ | ओमानले एसिसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको पहिलो खेलमा कतारमाथि ओमानले ४० रनको जित दर्ता गरेको हो । 

ओमानले जितका लागि दिएको २५० रनको लक्ष्य पछ्याएको कतार ४७.२ ओभरमा अलआउट हुँदै २०९ रनमा समेटिएको हो । कतारका लागि कप्तान मोहम्मद रिज्लनले सर्वाधिक ४३ रन जोडे  । साथै खुरम शाहजादले ३० रन, इमालले २७ रन जोड्नुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । 

बलिङतर्फ ओमानका बिलाल खानले सर्वाधिक ४ विकेट लिए । साथै जय ओड्रेरा र अकिव इलियाशले समान २२ विकेट लिए भने जिशान मक्सुदले एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४९ रन बनाएको थियो । ओमानका लागि आयान खानले अर्धशतकीय इनिङ्स खेले । उनी ५९ बलमा सर्वाधिक ६४ रन बनाउँदै अविजित रहे । 

साथै कप्तान जिहान मक्सुदले ४१ रन, सन्दीप गौडले ३४ रन जोडे । कश्यप प्रजापति र मोहम्मद नादिमले समान १८/१८ रन जोडे भने अकिव इलियाशले १७ रन तथा जतिन्दर सिंह र अदिलले १६/१६ रन जोडे । 

बलिङतर्फ कतारका मोहम्मद र अमिरले समान ३/३ विकेट लिए भने इक्रामुल्लाह खानले २ विकेट लिए । 

जितसँगै समूह ए को ओमानले २ अंक जोडेको छ । अब दोस्रो खेलमा शुक्रबार ओमानले घरेलु टोली नेपालको सामना गर्नेछ । नेपालले पनि प्रतियोगितामा विजयी सुरुवात गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता