५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

साउदीमाथि मलेसियाको सहज जित

७ बैशाख २०८०, बिहीबार ०९:११

बैशाख ७, काठमाडौँ | मलेसियाले एसिसी प्रिमियर कपमा पहिलो जित हात पारेको छ । बिहीबार भएको आफ्नो दोस्रो खेलमा साउदी अरेवियामाथि मलेसियाले ८ विकेटको जित निकालेको हो । 

माथिल्लो मुलपानी क्रिकेट मैदानमा साउदीले जितका लागि दिएको १५४ रनको सामान्य लक्ष्य मलेसियाले २१.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । मलेसियाका लागि ओपनर मोहम्मद आमिरले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ खेले । साथै विरनदीप सिंह ५१ रन जोड्नुका साथै सायद अजिज ३४ रनमा अविजित रहे । 


बलिङतर्फ साउदी अरेवियाका जैन उल अबिदीनले दुई विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदी अरेविया ४६।२ ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो । साउदीका लागि विकेटकिपर हसिब गाफुरले सर्वाधिक ४० रन बनाए । साथै ओपनर अब्दुल वाहिदले ३६ रन तथा कप्तान मोहम्मद हसन शेखले २१ रन बनाउनु बाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् । 

बलिङतर्फ मलेसियाका खिजार हायतले ३ विकेट लिएका थिए भने विरनदीप सिंह, मोहम्मद वाफिक र रिजवान हैदर समान २/२ विकेट लिए  । 

जितसँगै मलेसियाले अंक तालिकामा खाता खोलेको छ । मलेसिया पहिलो खेलमा घरेलु टोली नेपालसँग पराजित भएको थियो । एसिसी प्रिमियर कपमा समूह ए मा घरेलु टोली नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता