५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसीसी प्रिमियर कप क्रिकेटमा बहराइनको विजयी सुरुवात

७ बैशाख २०८०, बिहीबार ११:४३

बैशाख ७, काठमाडौँ | एसीसी प्रिमियर कप क्रिकेटमा बहराइनले विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको समूह बीको खेलमा सिंगापुरलाई १३२ रनको फराकिलो अन्तरले हराउँदै बहराइनले प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

टस जितेर ब्याटिङ गरेको बहराइनले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८६ रन बनाएको थियो ।

३२ रन हुँदा २ विकेट गुमाएको बहराइनका लागि सहबाज बाबर र सोहेल अहमदले तेस्रो विकेटका लागि १०५ रनको शतकीय साझेदारी गरे । सोहेलले ८० बलमा ६ चौकासहित ४६ रन बनाए ।

ओपनर सहबाज बाबरले ९८ बलमा ८ चौका र १ छक्का सहित ७६ रन बनाए ।

बहराइनका पाँचौं क्रमका ब्याटर फियाज अहमदले ५९ बलमा ९ चौका र १ छक्का सहित ७९ रन बनाए । ओपनर मोहम्मद योनिसले २३ रन बनाए ।

कप्तान हैदर बटले २५ बलमा ३ चौका र १ छक्का सहित २९ रन बनाए । सिंगापुरका लागि रमेश कालिमुथु, थिलिपन ओमाइदुराइ र विनोथ बसकरनले समान २–२ विकेट बनाए ।

बहराइनले दिएको २८७ रनको लक्ष्य पछ्याएको सिंगापुर ४३.१ ओभरमा १५४ रन बनाउँदै अलआउट भयो । सिंगापुरका लागि सुरेन्दरन चन्द्रमोहनले ६६ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले । विनोथ बसकरनले २३ तथा थिलिपन ओमाइदुराईले २० रन बनाए ।

बहराइनका लागि इम्ररान अन्वरले सर्वाधिक ४ विकेट लिए । रिज्वान बटले ३ र अब्दुल मजैदले २ विकेट तथा अलिदाउदले १ विकेट लिए ।

पहिलो खेलमा जितसहित बहराइन समुह बीको दोस्रो स्थानमा उक्लिएको छ । सिंगापुर पहिलो खेलमा हङकङसँग ८ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता