एसीसी प्रिमियर कपको दोस्रो खेल खेल्दै नेपाल, ओमानविरुद्ध टस हारेर ब्याटिङ गर्दै

Posted on: 21 Apr, 2023

वैशाख ८, काठमाडौं | एसीसी प्रिमियर कप क्रिकेटमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

समूह ‘ए’ मा रहेका नेपाल र ओमानबीचको खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहीबेरमा सुरु हुँदैछ ।

नेपालले आजको खेलमा  एक परिवर्तन गरेको छ । गुल्शन झालाई बेन्चमा राखेर करण केसीलाई मैदान उतारिएको छ ।

दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन् । नेपालले उदघाटन खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो भने ओमानले कतारलाई ४० रनले हराएको थियो । दुवै टोली लगातार दोस्रो खेल जित्दै सेमिफाइनल यात्रालाई सहज बनाउने योजनामा छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!