६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालद्वारा ओमानसामु ३११ रनको विशाल लक्ष्य प्रस्तुत

८ बैशाख २०८०, शुक्रबार ०७:०३

वैशाख ८, काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानलाई ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । सुरुवातमा खराब पर्दर्शन गरेपनि नेपालले क्रमश खेलमा सुधार गर्दै फराकिलो स्कोर बनाउन सफल भयो ।


ओडिआईमा ३१० रन बनाएको नेपालको लागि यो कीर्तिमानी स्कोर हो । खेलमा युवा अलराउण्डर कुशल मल्लले ओडिआई करियरको पहिलो शतक र सोमपाल कामीले अर्धशतक प्रहार गर्दा नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको लक्ष्य दिएको छ ।

नेपालले ओडिआईमा पहिलो पटक ३०० रनको स्कोर पूरा गरेको हो । यसअघि गत मार्चमा लिग टुमा पपुवा न्युगिनी विरुद्ध २९७ रन बनाएको थियो । कीर्तिपुरस्थित टीयू मैदान टस हारेर पहिले ब्याटिङ रोजेको नेपालका लागि कुशल मल्लले १०८ रन र सोमपाल कामीले अविजित ६३ रन बनाए ।

पहिलो चार ओभरमा कुनै रन जोड्न नसकेको नेपालले २८ औ बलको सामना गरेपछि मात्र रनको खाता खोलेको थियो । ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल बिना रन आउट हुँदा नेपाल सुरुवातमै कमजोर बनेको थियो । 

तेस्रो ओभरमा कुशल भुर्तेल बिलाल खानले एलबीडब्लु धरापमा परे । आसिफलाई कलिमुल्लाहको चौथो ओभरमा बोल्ड गरे ।

त्यसपछि आएका भिम शार्की र कप्तान रोहित पौडेलले अर्धशतकिय साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाले । तेस्रो विकेटका लागि भिम र रोहितले ५४ रनको साझेदारी खेले ।

यस क्रममा रोहितले ३४ बलमा २३ रन बनाए भने त्यसपछि भिम २० औं ओभरमा ३३ रन बनाएर आउट भए । 

त्यसपछि आरिफ शेख र कुशल मल्लले पाँचौ विकेटका लागि ७५ रनको साझेदारी गरे । यस क्रममा आरिफले २९ रन बनाए भने कुशलले ६४ बल खेल्दै ९ चौका र १० छक्का मदतमा १०८ रन बनाए । त्यसपछि दीपेन्द्र सिंह ऐरी ७ र सन्दीप लामिछाने ८ रनमा आउट भए ।

सोमपाल र करण केसीले नवौँ विकेटका लागि अविजित ६१ रनको साझेदारी गरे । सोमपालले ४८ बल खेल्दै ९ चौका मदतमा अविजित ६३ रन बनाए । करणले १५ बलमा २ चौका र १ छक्का मदतमा अविजित २९ रन बनाए ।

खेलमा ओमानका लागि आएन खानले २ तथा बिलाल खान, कलिमुल्लाह, जिसान मक्सुद फयाज बट, अकिब इल्यास र जतिन्दर सिंह्यले समान १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति