वैशाख ८, काठमाडौं | तल्लो क्रमका ब्याटर सोमपाल कामीको अर्धशतकमा नेपाल जारी एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्धको खेलमा ओमानविरुद्ध ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालका लागि आठौं नम्बरमा क्रिजमा आएका सोमपालले ३९ बलमा ७ चौका प्रहार गर्दै ओडीआई करियरको दोस्रो अर्धशतक पुरा गरे ।
यसअघि, सोमपालले नेपालले सन् २०१८ मा खेलेको दोस्रो एकदिवसीय खेलमा अर्धशतक बनाएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सर्बाधिक कुल योगफल २९७ रन थियो । ९ मार्च २०२३ मा लिग टू अन्तर्गत त्रिवि मैदानमै भएको पपुवा न्युगिनीसँगको खेलमा नेपालले यो कीर्तिमान बनाएको थियो ।